उसो त काठमाण्डौको जाम, त्यसमाथि राष्ट्रपति सवारी हुँदा ट्राफिक प्रहरीको अवरोध । के चाहियो ? काठमाण्डौबासीले भोग्दै आएको समस्या हो यो । त्यसैले राष्ट्रपतिलाई हेलिकोप्टर किन्ने मनस्थितिमा पनि सरकार पुगेको हो ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी सेना दिवसको अवसरमा सैनिक मुख्यालय, भद्रकालीमा आयोजित रात्रिभोजमा ‘सवारी’ हुने कार्यक्रम थियो। मंगलबार साँझ शितल निवास देखि पानीपोखरी, लैनचौर, केशरमहल, महेन्द्र शालिक, भद्रकाली हुँदै चल्ने सवारी साधनहरु एकतर्फी रुपमै चल्न रोक लगाईयो । राष्ट्रपति उपत्यकाका कुनै पनि ठाउँमा सवारी हुँदा एकतर्फी बाटो रोक्ने गरिन्छ भने औपचारिक भ्रमणको लागि सवारी हुँदा दुईतर्फी बाटो नै रोक्ने गरिन्छ।
साँझको समय सबैभन्दा बढी जाम हुन्छ । यसैबेला ४० मिनेटदेखि ट्राफिक प्रहरीले बाटो रोकेर राखेपछि सबै जाममै फसे । दिनभरीको काम, थकान, कतिको अत्यावश्क काम थियो होला । त्यसपछि त्यहाँ बिद्रोह भयो । हर्न बजाउँदै बाइक चलाउन थाले । लैनचौरको त्यो दृश्य फेसबुकमा भाइरल भएको छ । ट्राफिक प्रहरी रोक्न खोज्छन्, तर त्यति धेरैको ‘विद्रोह’ के सकोस् ? बाइक लगायतका सवारीसाधन त्यसपछि हुरुरुरुरु अगाडि बढ्छन् ।
माइसंसार डटकममा शालोक्यले लेखेका छन्ः राष्ट्रपति देशको सर्वोच्च पद हो। पदको सम्मानका लागि पनि सवारी चल्दा अरु गाडीलाई रोक्दा आवागमन सहज हुन्छ भन्ने विचार होला। ठीकै हो, तर त्यसका लागि एकदम छोटो समयका लागि बाटो रोक्दा पनि त हुन्छ। गुगल म्यापमा रुट हेर्दा यो बाटो ६ किलोमिटर चानचुनको रहेछ। बाटो खुला हुने हो भने १५ मिनेटमा पुगिएला। त्यसका लागि जतिसक्दो कम बाटो रोके भइगो। ४० मिनेटसम्म बाटो रोकेपछि त जो कोहीको पनि धैर्यताको बाँध फुट्न सक्छ। अथवा राष्ट्रपतिले आफू जसबाट चुनिएर आएको हो, उनीहरुलाई दुःख दिन चाहन्नँ भन्दै बाटो नरोकी जाँदा पनि त हुन्छ। आखिर त्यति विधि सुरक्षा थ्रेट त छैन नेपालमा कसैलाई। जनता भन्या रैती हुन्। मेरो सवारी हुँदा यिनीहरुले सम्मान स्वरुप बाटो छोड्नु पर्छ भन्ने सोच राख्ने राष्ट्रपतिको पक्कै छैन होला। त्यसो भए कहाँ निर छ त यो ग्याप? कसले यस्तो गरिरहेको छ, जसका कारण राष्ट्रपतिप्रतिको धारणा नकारात्मक बनाउँदैछ? अब सोच्ने बेला आएन ? डर छ, पाठ सिक्नुको साटो कन्ट्रोल गर्न नसकेको भन्दै ती बिचरा निरीह ट्राफिक प्रहरीलाई कारबाही त हुने हैन?
सम्बन्धित खबर
दशैंको टीकाको उत्तम साइत ११:३६ बजे, अष्टमी र नवमी एकैदिन
केही स्थानमा बदली र वर्षाको सम्भावना
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान
आजको मौसम पूर्वानुमान
राउटे युवक वृषबहादुरको मृत्यु, जनसङ्ख्या १३४ मा झर्यो
संविधान संशोधनमा कांग्रेस-एमाले गम्भीर बने हामी पनि भाग्दैनौँ : प्रचण्ड [अन्तर्वार्ता]
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग