धादिङको थाक्रेमा ग्रामीण यातायातको बस पल्टियो

धादिङको थाक्रेमा ग्रामीण यातायातको बस पल्टियो

accident-dharke

धार्के । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे ८ चिनिमेलमा भएको बस दुर्घटनामा ५ जना घाईते भएका छन् । काठमाण्डौँबाट धादिङबेशी तर्फ जाँदै गरेको बा ३ ख ३१५३ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिँदा ५ जना घाईते भएका हुन् ।

घाईते हुनेहरुमा थाक्रे ४ धैरनीका ४७ वर्षिय भैरव थापा, धुनिबेशी ७ का ३५ वर्षिय हरि सँकर परियार, सलाङ ४ कि ठुली कान्छी परियार, २१ वर्षिया लक्ष्मी परियार र मकवानपुरको कैलास गाउँपालिका गोगनेका २९ वर्षिय राजकुमार दर्लामी रहेका छन् । घाईतेहरुको धार्केमा रहेको शिवदर्शन अस्पतालमा उपचार भैरहेको छ ।

श्रोतः नागरिकपाटी

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ