राष्ट्रिय फुटबल टोलीको नयाँ जर्सी सार्वजनिक, प्रशंसा भन्दा आलोचना धेरै

राष्ट्रिय फुटबल टोलीको नयाँ जर्सी सार्वजनिक, प्रशंसा भन्दा आलोचना धेरै

Nepali Jersey

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीले प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक गरेको छ । राजधानीमा एक कार्यक्रमबीच पुरुष र महिला राष्ट्रिय टोलीका खेलाडीहरुले जर्सी सार्वजनिक गरेका हुन् ।

यस्तै नेपाली राष्ट्रिय टोलीको नयाँ जर्सी एकै ढाँचाको रहेको छ । यसअघि नेपाली टोलीले फरक फरक कम्पनिको फरक फरक ढाँचाको जर्सी प्रयोग गर्दै आइरहेको थियो । नयाँ जर्सी सधैको झैँ रातो र निलो रङमा रहेको छ । तर, लोगो रहेको स्थानहरु परिवर्तन भएको छ । यस्तै जर्सीको अघिल्लो भागमा सगरमाथाको प्रतिक राखिएको छ ।

यसअघि रहदै आएको जर्सीमा बायाँ पट्टि राष्ट्रिय झण्डा रहेको थियाे । अब उक्त स्थानमा एन्फाकाे लाेगाे हुनेछ । राष्ट्रिय झण्डा अब जर्सीकाे पछाडी हुनेछ । जर्सीको डिजाइन एन्फा आफैले निर्माण गरेको हो । नयाँ जर्सी एन्फाको आधिकारिक खेल पोसाक कम्पनी केल्मीले बनाएको हो । एन्फाले केल्मीसंग दोस्रो पटक प्रायोजन सम्झौता गरेको छ । जर्सी केल्मीको अाधिकारिक सोरुमबाट खरिद गर्न सकिनेछ ।

एन्फाले सोमबार पत्रकार सम्मेलन गर्दै आफ्नो नयाँ प्रतीक चिन्ह (लोगो) र राष्ट्रिय टिमले प्रयोग गर्न नयाँ जर्सी सार्वजनिक गरेको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिब केशव कुमार बिष्ट, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, केल्मीकाे नेपालमा आधिकारिक बिक्रेताका प्रतिनिधि प्रदिप न्याैपाने लगायतले सार्वजनिक गरे ।

तर, नयाँ जर्सी सार्वजनिक भएसँगै आकर्षक नभएको भन्दै प्रतिक्रियाहरु नकारात्मक आइरहेका छन्। सामाजिक सञ्जालमा सकारात्मक कमेन्ट भन्दा नकारात्मक कमेन्ट बढी आएका छन् । डिजाइन र उज्यालो रंग नभएको उनीहरुको प्रतिक्रिया छ ।

यस्तै, एन्फाले फुटबल टिमको गीत सार्वजनिक गरेको छ । फुटबल टिमको गीत राष्ट्रिय धुनका रचनाकार ब्याकुल माइलले रचेका हुन् । गीतमा आनन्द कार्की, शिव परियार, इन्दिरा जोशी लगायतको स्वर रहेको छ । एन्फाले नयाँ लोगो र जर्सीको लागि गत साउनमा खुल्ला छनोटका लागि विज्ञापन निकालेको थियो ।

http://gandaknews.com/anfa-logo/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ