१७ औं आहा रारा गोल्डकपः थ्रीस्टार फाइनलमा, एपीएफ टाइब्रेकरमा स्तब्ध

१७ औं आहा रारा गोल्डकपः थ्रीस्टार फाइनलमा, एपीएफ टाइब्रेकरमा स्तब्ध

Ruslan-Three-Star-Club-1024×684

पोखरा, १५ फागुन । थ्री स्टार क्लब पोखरामा जारी १७ औं आहा रारा गोल्डकपको फाइनलमा पुगेको छ । विभागिय टोली एपिएफ क्लबलाई पेनाल्टी शुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै थ्रि स्टारले फाइनलमा स्थान सुरक्षित गरेको हो । थ्रीस्टारले गत वर्षपनि फाइनलमा पुगेको थियो तर पुलिससँग १–० ले हार्दै उपविजेतामा सीमित बनेको थियो ।

पोखरा रंगशालामा बुधबार निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । यसअघिका खेलमा अतिरिक्त समयमा खेल लम्ब्याएपनि मौसम प्रतिकूलताका कारण खेलअघि नै दुवै टोलीले ९० मिनेटसम्म बराबरी भएको खण्डमा सिधै टाइब्रेकरमा पुग्ने सहमति गरेका थिए ।

टाइब्रेकरमा रुस्लान थ्री स्टारका लागि रञ्‍जित धिमालले पहिलो प्रहार गोलमा परिणत गरे । लगत्तै एपीएफको लागि पहिलो पेनाल्टी लिएका गरेका सुदीप सिख्राकरको प्रहार क्रसबारमा लाग्दै बाहिरियो । थ्री स्टारका बुद्ध चेम्जोङको प्रहारलाई रोमन रसाइलीले विफल पारेपछि एपीएफका आशिष लामाले गोल गर्दै स्कोर बराबरमा ल्याए ।

सुनील बलले थ्री स्टारको तेस्रो प्रहार टप कर्नरमा गोल गर्दा एपीएफका सन्तोष कटुवालले पनि कुनै गल्ति गरेनन् । त्यसपछि थ्री स्टारका रुपेश केसीले सहजै गोल गर्दा एपीएफका विकि लामाले निकै खराब पेनाल्टी लिँदै प्रहारलाई पोस्टको दिशा दिन सकेनन् । त्यसपछि अनन्त तामाङले पाँचौ पेनाल्टीमा गोल गर्दै थ्री स्टारको फाइनल यात्रा तय गरे ।

दोस्रो सेमिफाइनल त्रिभुवन आर्मी क्लब र क्यामरुनको दाउफिन्स टिमबीच

आहा रारा गोल्कडप अन्तर्गत दोस्रो सेमिफाइनल आज त्रिभुवन आर्मी क्लब र क्यामरुनको दाउफिन्स टिमबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टीम क्वार्टरफाइनलबाट खेलेका हुन् । अन्तिम चार प्रवेशका क्रममा आर्मीले हिमालयन शेर्पालाई पराजित गरेको थियो भने दाउफिन्सले साविक विजेता नेपाल पुलिसलाई पराजित गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds