‘५ जनाभन्दा बढी उडान गर्न मिल्दैन, मौसम खराब हुँदाहुँदै ७ जना किन? समयले उत्तर माग्छ’: योगेश भट्टराई

‘५ जनाभन्दा बढी उडान गर्न मिल्दैन, मौसम खराब हुँदाहुँदै ७ जना किन? समयले उत्तर माग्छ’: योगेश भट्टराई

yogesh rabindra

काठमाडौं-  नेकपाका युवा नेता एवं स्थायी कमिटी सदस्य योगेश भट्टराईले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनालाई लिएर गम्भिर प्रश्न उठाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मौसम खराब हुँदाहुँदै ७ जनालाई किन उडान गरियो भनेर प्रश्न गरेका हुन् ।

उनले लेखेका छन्, ‘भीआईपी उडानमा पाइलटसहित ५ जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर कोहीलाई सुकेटार वा ताप्लेजुङ बजारमै झारेर मात्र पाथीभरा उडान गर्दै आएका छन्, पाइलटहरुले । तर, आज मौसम खराब हुँदाहुँदै ७ जनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ ।’

https://www.facebook.com/yogeshbhattarai.ncp/posts/2321703031175260

भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित सांसद् समेत हुन् । ताप्लेजुङको पाथीभराबाट काठमाडौंतर्फ उडेको हेलिकोप्टर दुर्घटना हुँदा बुधबार पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ