संगीत प्रशिक्षण केन्द्रमा नयाँ नेतृत्व, दोहोरियो नेतृत्व

संगीत प्रशिक्षण केन्द्रमा नयाँ नेतृत्व, दोहोरियो नेतृत्व

sangeet

संगीत प्रशिक्षण केन्द्रको २८ औं साधारणसभा तथा १४ औं अधिबेशबाट नयाँ कार्यसमिति चयन गरिएको छ । गौतम बिजुक्छेले पुनः अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । अध्यक्षीय अधिकार प्रयोग गर्दै उनले पदाधिकारी चयन गरेका छन् ।

पहिलो बैठकबाट प्रथम उपाध्यक्षमा माधव पराजुली, द्वितिय उपाध्यक्षमा श्यामलाल श्रेष्ठ, महासचिवमा महोदत्त काफ्ले, कोषाध्यक्षमा राजेन्द्र बहादुर प्रधान र सचिवमा उमेश सिके नियुक्त भएका छन् । बाँकी २ सदस्य पछि चयन गरिने बताइएको छ । तीर्थ श्रेष्ठ, कृष्ण ब.श्रेष्ठ, जवाहरलाल श्रेष्ठ, गणेश बहादुर श्रेष्ठ, हेमराज रेग्मी, पवित्रराज रेग्मी, सनकमान बाटाजु, कृष्णमोहन श्रेष्ठ, शम्भु कार्की, रामभुषण पराजुली र रामेश्वर मल्ल (वडा २ अध्यक्ष पदेन सल्लाहकार रहने गरि ११ सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ ।

यसअघि, अधिवेशनले कार्यसमिती सदस्यतर्फ माधव पराजुली, श्यामलाल श्रेष्ठ, कालिचरण पराजुली, धन बहादुर गायक, स्नेहा गुरुङ, प्रेम कर्माचार्य, सुरेन्द्र गुरुङ, राजेन्द्र बहादुर प्रधान, उमेश सिके र महोदत्त काफ्ले(एम.डि) निर्विरोध चयन गरिएको थियो । विधान अनुसार यसमध्येबाट पदाधिकारी नियुक्ति गरिएको हो ।

प्रमुख अतिथी बरिष्ठ संस्कृतिकर्मी, साहित्यकार एवं संस्थाका सल्लाहकार तीर्थ श्रेष्ठले संस्थाको स्थापना देखि हालसम्मको ईतिहास र बिकासक्रमसंगै संभावना र चुनौति बिषयमा प्रष्ट पार्दै अब बन्ने कार्यसमितिले कमिकमजोरीलाई चिर्दै अगाडि बढ्नेमा बिश्वास रहेको र संस्थाका प्रति जिम्मेवार भइ कार्यसम्पादन गर्न सुझावसहित आफ्नो सहयोग र सद्भाव सदैव रहने प्रतिबद्दता समेत ब्यक्त गरे ।

संस्थाको बृहत्तर हित र सांगठनिक बिकासमा योगदानका दिएकोमा बिशेष सम्मानबाट निवर्तमान अध्यक्ष सुरेन्द्रमान बिजुक्छेलाई सम्मान पत्र, दोसल्ला र मालाले सम्मान गरिएको थियो ।

प्रशिक्षक धन बहादुर गायक लगाएत प्रशिक्षार्थीहरुले मंगल धुन प्रस्तुत गरे । कार्यक्रममा प्रशिक्षक रोम तामाङ, सचिव एम.डि काफ्ले, जय चापागाइ, टिना गुरुङ, मिलन गिरि लगाएत कलाकारले विभिन्न गीत संगीत प्रस्तुत गर्नुभएको थियो भने अतिथी भैरव सांस्कृतिक समितिका अध्यक्ष तिर्थमान प्रधानांग र पोखरा महानगरपालिका कार्यबाहक अध्यक्ष एवं वडा नं २ अध्यक्ष गोमा सुबेदीले बधाइ एवं शुभकामना प्रदान गरे ।

उक्त कार्यक्रममा उपस्थित आजिवन र साधारण सदस्य लगाएत अतिथिलाइ संस्थाका प्रथम उपाध्यक्ष माधव पराजुलीले स्वागत गरे भने प्रशिक्षार्थिहरुले गीतमार्फत समेत स्वागत गरे ।

महासचिव कृष्ण मर्सानीले कार्यक्रमको सञ्चालन गरे । संगीत प्रशिक्षण केन्द्र, पोखरा पोखरा महानगरपालिकाको संरक्षणमा बि.सं.२०४६ सालमा स्थापित पोखराकै अग्रणी संस्था मध्येको एक हो । पोखराकै सहुलियत शुल्कमा प्रशिक्षण गराइने केन्द्रमा संगितको प्रशिक्षणतर्फ भोकलमा रोम तामाङ, तबलामा राजा मुखिया र मादल सारंगीमा धन बहादुर गायक छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds