भोजपुर, १३ कार्तिक / आईतबार मात्रै सिरहामा अनैतिक कार्यपछि देख्नेको हत्या र आरोपीको आत्महत्या घटना सार्वजनिक भयो । १४ वर्षे बालक र १६ वर्षीया किशोरीबीच भएको अनैतिक कार्य १३ वर्षीय बालकले देखेपछि उनको हत्या भयो र पक्राउ पछि घटनामा संलग्न किशोरी आफैले आत्महत्या गरिन् । हत्या भएको बालक किशोरीका ठूलोबुबाका छोरा र केटाका साथी समेत थिए ।
सोमबार फेरि अर्को घटना बाहिर आएको छ । यस घटनामा पनि बालबालिका नै संलग्न छन् । कक्षा ८ पढ्नेले बलात्कारपछि १४ वर्षीया बालिकाको हत्या प्रयास गरेका छन् । यसले बालबालिकामा चेतना अभाव र यौन शिक्षाको कमीले जघन्य अपराधमा बालबालिका संलग्न हुँदै गएको पुष्टि हुन्छ । राज्यले यसतर्फ सोच्न जरुरी भईसकेको छ ।
दक्षिणी आमचोक गाउँपालिकास्थित एक दलित बालिकामाथि बलात्कारपश्चात निर्मम कुटपिट गरी ज्यान मार्ने प्रयास भएको छ । १४ वर्षीया रमा विश्वकर्मा (नाम परिवर्तन)लाई कार्तिक ११ गते दिउँसो सोही ठाउँकै सन्तोष श्रेष्ठले बलात्कारपछि आँखा झिकेर हत्या गर्ने प्रयास गरेका थिए ।
पीडितको परिवारबाट कुनै पनि रिपोर्ट र प्रतिक्रिया नआएको र बलात्कारको आरोपी सोही गाउँपालिका -९, श्री सरस्वती माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत सन्तोष श्रेष्ठलाई नियन्त्रण लिइ जिल्ला प्रहरी कार्यालय ल्याईएको डिएसपी थारुले जानकारी दिएका छन् ।
घरपरिवारले खोज्दै जाने क्रममा गाउँ नजिकैको भीरबाट लडेर घाइते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए । वलात्कृत बालिकालाई अर्धचेत अवस्थामा आफन्तजन र स्थानियबासीले भेटेपछि उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेका थिए ।
पीडित बालिकाको परिवारको आर्थिक अवस्था कमजोर भएकाले खर्च खर्च अभावमा उपचार हुन नसकेको बालिकाका दाजु धनबहादुर विश्वकर्माले बताए । बालिकाको देब्रे आँखा कामै नलाग्ने गरी विग्रीएको छ । बहिनीको उपचारार्थ सहयोगका लागि दाजु धनबहादुरले सबैसँग सहयोगको अपिल गरिरहेका छन् ।
तस्विर: प्रदीपचन्द्र राई / अन्नपूर्ण पोष्ट
यो पनि पढ्नुहोस्
सम्बन्धित खबर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
पूर्व सहकारी रजिस्ट्रार पराजुली १ करोड ५ लाख घुस खाएको खुलेपछि फरार
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते