विराटनगर–विवेकशील साझा पार्टीले प्रदेश नं १ को संयोजक चयन गरेको छ । पार्टीले झापाका समाजसेवी तथा उद्यमी अनिल भेटवाललाई संयोजक चयन गरेको हो ।
शनिबार विराटनगरमा पार्टीका संयोजक रवीन्द्र मिश्र, प्रवक्ता सूर्यराज आचार्य तथा अन्य नेताहरुको उपस्थितिमा उनको नाम सार्वजनिक गरिएको हो। सो क्रममा पार्टी संयोजक रवीन्द्र मिश्रले पार्टीको परम्परा अनुसार उनलाई माटोको टीका लगाएर स्वागत तथा शुभकामना दिएका थिए ।
सन् १९९० ताका राजनीति गरेर पछि राजनीति त्यागेका भेटवाल सन् १९९५ मा सबैभन्दा कम उमेर (२९ वर्ष) मा नेपाल जेसिसको राष्ट्रिय अध्यक्ष बनेका थिए । हाल पनि भेटवाल जेसिसको देशव्यापी प्रशिक्षक हुन् । झण्डै ६ वर्ष सपरिवार अमेरिका बसेर सन् २००८ मा सधैंको लागि नेपाल फिर्ता आएका भेटवाल झापाका एकजना उद्यमी पनि हुन् ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नवनियुक्त प्रदेश संयोजक भेटवालले आफ्नै जीवनकालमा देशको रूपान्तरणको लक्ष्य बोकेर अघि बढ्न लागेको विवेकशील साझा पार्टीको नेतृत्वमा संलग्न भएर पार्टी तथा राष्ट्र निर्माणमा होमिन पाएकोमा अत्यन्तै खुशी र उत्साहित भएको बताए ।
पार्टीका संयोजक रवीन्द्र मिश्रले अनिल भेटवाल जस्तो व्यक्तित्वलाई प्रदेश नं १ को नेतृत्व सुम्पन पाउनु खुशीको विषय भएको बताए ।
विवेकशील साझा पार्टीले यस अघि नै प्रदेश ३ को संयोजकमा समीक्षा बास्कोटा, गण्डकी प्रदेशमा महेश भण्डारी, प्रदेश ५ मा अनुपमान सैँजु, कर्णाली प्रदेशमा गेहेन्द्र प्रसाद दहाल र सुदूरपश्चिम प्रदेशको संयोजकमा गोपाल हमाललाई चयन गरिसकेको छ।
सम्बन्धित समाचारः
http://gandaknews.com/bibekshil-sajha-3/
सम्बन्धित खबर
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : गुणस्तरीय र समयमै काम गर्नू
स्वास्थ्य क्षेत्र गण्डकी सरकारको प्राथमिकता : स्वास्थ्यमन्त्री पाठक
‘मानिया’ इनर्जी ड्रिंक पिउँदा तामाङ्गले जिते ३२ इन्चको एलइडी टिभी
पोखरा -१५ मा तीज गीत प्रतियोगिता, माछापुच्छ्रे चौतारी आमा समूह पहिलो
स्वास्थ्यमन्त्री पाठकको पहिलो निर्णय : नसर्ने रोगको स्क्रिनिङ गर्ने
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग