नेपालमै बनेको मेसिनले कास्कीको खास्टेतालमा झार फोहोर निकाल्दै

नेपालमै बनेको मेसिनले कास्कीको खास्टेतालमा झार फोहोर निकाल्दै

Machine

ताल सरसफाइमा सहयोग पुग्ने गरी नेपालमै पहिलो पटक निर्माण गरिएको ताल सफा गर्ने मेसिन कास्कीको खास्टेतालमा प्रयोग गरिँदै छ ।

 ‘गोकार्णु–२’ नाम दिइएको सो मेसिनले जलकुम्भीसहित तालमा तैरिएको अन्य फोहोरसमेत निकाल्ने भएकोले उपयोगी मानिएको छ । १७ लाख रुपैयाँ लागतमा विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा निर्मित मेसिनको तौल ४ टन छ भने भारवान क्षमता १ टनको छ ।

१ डिजेलले दुई घण्टासम्म चल्ने सो मेसिन कास्कीका सबै तालमा लगेर प्रयोग गर्ने जनाइएको छ।

तस्वीर : भीमपाणि बराल/आदर्श समाज

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds