पोखरा सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले तनहुँ शुक्लगण्डकी नगरपालिकाको दुलेगौंडामा शाखा खोलेको छ । ५ वर्षअघि स्थापना भएको युआरएलले यसअघि नै तनहुँको दमौलीमा शाखा खोलिसकेको छ ।
युआरएलको शाखा दुलेगौंडा ४ को सेवा सपिङ कम्प्लेक्समा छ । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युआरएलको दुलेगौंडा शाखाले मंगलबारबाट सेवा सुरु दिन गरेको छ ।
करिब १ करोड लागतमा शाखा स्थापना भएको हो । तनुहँका दुलेगौंडा, बेलचौतरा, खैरेनीटार, ढोरफिर्दी, भिमाद, थर्पु लगायतका स्थानमा रहेका सेवाग्राहीलाई अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य प्रयोगशाला सेवा दिन युआरएलले शाखा स्थापना गरेको युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले बताए ।
गण्डकी प्रदेशलाई स्वास्थ्य प्रयोगशाला क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ क्रियाशील युआरएलको यो शाखा औपचारिक रुपमा फागुन १८ गते उद्घाटन हुनेछ । मानिसलाई रोग लाग्नुभन्दा अघि नै सचेतना र सेल्फ टेस्टबाट स्वस्थ्य बनाउन युआरएलले विभिन्न संघ, संस्थासँगको सहकार्यमा निशुल्क रक्त शिविर आयोजना गर्दै आएको छ ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते