पोखराको सेदी देखि सराङ्कोट जोड्ने केबलकारको ७० प्रतिशत काम पूरा, बैशाखमा सञ्चालन

पोखराको सेदी देखि सराङ्कोट जोड्ने केबलकारको ७० प्रतिशत काम पूरा, बैशाखमा सञ्चालन

annapurna cable 1

पोखरा  । पोखराको सेदी देखि सराङ्कोट जोड्ने केबलकार आयोजनाको ७० प्रतिशत काम सम्पन्न भएको निमार्ण कम्पनी अन्नपूर्ण केबलकार प्रालिले जनाएको छ ।

‘आयोजना लगभग पुरा भइ सकेको छ,’ अन्नपुर्ण केबलकार प्रालिका डाइरेक्टर तीर्थराज त्रिपाठीले भने, ‘बैशाख जेठतिर परिक्षण गर्र्छौं ।’ २ दशमलव २ किलोमिटर लम्बाइ रहने केबलकारमा १३ वटा टावर रहने छन् । पहिलो चरणमा १७ वटा डब्बाबाट सेवा संचालन गर्ने लक्ष्य रहेको उनले सुनाए । ‘१७ वटा डब्बाबाट प्रति घण्टा ५ सय जनालाई सेवा दिने सक्छौं,’ डाइरेक्टर त्रिपाठीले भने, ‘यात्रुको संख्या बढ्दै गए थप गरेर ३५ वटा डब्बा पु¥याउन सकिन्छ ।’

केबलकारको एउटा डब्बामा ८ जनासम्म यात्रु बस्न सक्ने छन् । केबलकार निर्माणका लागि वरपरको जग्गा र वनक्षेत्रमा पर्ने २४ रोपनी जग्गालाई अन्यत्र सट्टा जमिन दिई ४० वर्षका लागि सरकार संग लिजमा लिएको कम्पनीको भनाई छ ।

नेपालमा संचालनमा रहेको मनकामना र चन्द्रागिरी केबलकारमा जस्तै यसमा पनि सोही प्रविधिअनुसार एउटा तारमा केबलकार झुन्डिने छन् । यो प्रविधिलाई डोपलमेयरको गोन्डोला प्रविधि भनिन्छ । केबलकारमा आवश्यक सामानहरु निपोन जापानको प्रयोग गरेको कम्पनीको भनाई छ ।

केबलकारको प्रवेशद्वार पोखरा १८ सेदीमा रहने छ । योजनामा ८५ प्रतिशत नेपाली र १५ प्रतिशत विदेशी लगानी रहेको छ । आयोजनाको कुल खर्च करिब एक अर्व १० करोड रहेको भए पनि १ अर्व ३० करोड सम्म पुग्ने कम्पनीको भनाई छ ।

http://gandaknews.com/cablecar/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds