लखन स्मृति कप: बाराहि, जनज्योति, दमौली र आदिकवि कलेज विजयी

लखन स्मृति कप: बाराहि, जनज्योति, दमौली र आदिकवि कलेज विजयी

ABC Clz Team
तनहुँ । नेपाल मगर विद्यार्थी संघ तनहुँको आयोजनामा आइतबारदेखि दमौलीमा छैटौं लखन स्मृति कप सुरु भएको छ ।
प्रतियोगिताको दोस्रो दिन चार खेल सम्पन्न भएको छ । सोमबार बाराहि कलेज (बि) र निर्मल मावि बीच भएको पहिलो खेलमा बाराहि कलेज (बि) ४-० गोलअन्तर म्ले बिजयी भएको छ । त्यस्तै जनज्योति मावि भिमाद र सत्यवती मावि बीच भएको दोस्रो खेलमा ३-२ गोलअन्तरले जनज्योति मावि बिजयी भएको छ ।
त्यसैगरि दमौली कलेज र अमर भुपु सैनिक इङ्लिस बोर्डिङ स्कुल बीच भएको तेस्रो खेलमा २-० गोलअन्तरले दमौली कलेज बिजयी भएको छ । त्यस्तै सोमबार भएको आदिकवि भानुभक्त क्याम्पस (ए) र खैरेनी मावि बीच भएको अन्तिम खेलमा ३-० गोलअन्तरले आदिकवि भानुभक्त क्याम्पस (ए) बिजयी भएको खेल संयोजक अनिल थापा मगरले जानकारी दिए । मंगलबार पनि चार खेल हुने आयोजकले जनाएको छ ।
नेपालका प्रथम सहिद लखन थापा मगरको १४२औं स्मृति दिवसको अवसरमा उक्त प्रतियोगिता आयोजना गरिएको हो । नेपाल मगर विद्यार्थी संघ तनहुँको आयोजनामा अन्तर कलेज सेभेन ए साइड खुल्ला छैटौं लखन स्मृति कप सुरु भएको हो । नेपालका प्रथम सहिद लखन थापा लाई सम्मान दिलाउन र  खेलको माध्यमबाट राज्यलाई रचनात्मक दबाब दिन सो प्रतियोगिता गरिएको आयोजकले जनाएक छन ।
माघ २७ गते आइतबारदेखि सुरु भएको खेल फागुन २ गते सम्म जारी रहने छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार ५५५ र दोस्रो हुने टिमले १५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । जिल्लाका विभिन्न कलेजका १४ वटा टिमले प्रतियोगितामा सहभागीता जनाएको खेल संयोजक अनिल थापा मगरले जानकारी दिए । प्रतियोगितामा बेस्ट प्लेयर, बेस्ट स्कोरर, बेस्ट किपर लाई समेत ट्रफी र मेडल दिइने खेल संयोजक मगरले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds