गाडी जलाउने नेवि संघका ३ जना छुटे, नयाँ गाडी चाहिएकाले पूरानो गाडी महानगरले नै जलाएको तर्क

गाडी जलाउने नेवि संघका ३ जना छुटे, नयाँ गाडी चाहिएकाले पूरानो गाडी महानगरले नै जलाएको तर्क

Nebi sang

गण्डक न्यूज, पोखरा । पोखरा महानगरपालिकाको गाडी जलाउने नेवि संघका तीन कार्यकर्ताहरु शुक्रबार छुटेका छन् । गत शनिबार सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाएको भन्दै गाडीमाथि नै आगजनी गरेका थिए । सोहि दिन होटलमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका मध्ये दुई दिनमै राजेन्द्र बराल र लक्ष्मी पौडेल छुटेका थिए । मुद्धा चलाइएका परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई शुक्रबार कास्की जिल्ला अदालतले रिहा गरेको जनाइएको छ । उनीहरु छुटेपछि अबिर खादा लगाएर सम्मान गरिएको छ ।

उनीहरुको रिहाईका लागि काँग्रेस कास्की सहित नेवि संघले चरणबद्ध आन्दोलन घोषणा गरेको थियो । अब शैक्षिक संस्था बन्द लगायतका आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । यद्यपी, सरकारको कार्यशैलीको विरोधका कार्यक्रम जारी रहेको नेविसंघले जनाएको छ ।

प्रजातान्त्रिक पार्टीका विद्यार्थी संगठनले छापामार शैलीमा नागरिकको सम्पतिमाथि गरेको आगजनीको व्यापक विरोध भएको थियो । पार्टीकै नेता गगन थापाले समेत गाडी जलाउने कार्य अत्यन्त आपत्तिजनक भएको बताएका थिए । थापाको सो अभिव्यक्तिको विरोधमा पोखरामा उनलाई कालो झण्डा समेत देखाइएको थियो ।

पोखरा महानगरलाई नयाँ गाडी चाहिएकाले पूरानो गाडी उनीहरुले नै जलाएको तर्क

यसैबीच, पोखरा महानगरपालिकाले नयाँ गाडी किन्नको लागि पुरानो गाडी जलाएको नेविसंघले आरोप लगाएको छ । महानगरले गाडी खरिदमा ठूलै चलखेल गर्नका लागि आफैले आगजानी गरेको नेविसंघको आरोप छ ।

विहीबार पोखरा महानगपालिका शिक्षा शाखामा तालाबन्दी गर्न जाने क्रममा विधार्थीहरुले उक्त आरोप लगाएका हुन । तर, घटनापछि नै नेविसंघका नेता सरोज केसीले घटनाको जिम्मेवारी लिएका थिए भने घटनामा संलग्न स्वयंले तत्काल फेसबुक मार्फत तस्विर नै पोष्ट गरेर यो त सुरुवात मात्र भएको बताएका थिए ।

नेविसंघका विद्यार्थीहरुले आफूहरुलाई झुट्टो मुद्धा लगाएको भन्दै पोखरा महानगरलाई नयाँ गाडी चाहिएकाले पूरानो गाडी आफै जलाएको बताएपछि आगो लगाउने ५ जना महानगरका कर्मचारी कसरी भए ? भन्दै व्यंग्य गरिएका छन् ।

नेविसंघले शिक्षा महाशाखामा ताला लगाउन खोज्दा प्रहरीले बल प्रयोग गरेपछि झडप हुँदा नेविसंघ केन्द्रिय सदस्य भानु ढकाल घाइते भए । ढकालसँगै नेविसंघ नेताहरु गोविन्द नेपाली, विधान लामिछाने र सागर सापकोटा पक्राउ परेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds