तनहुँ । तनहुँ जिल्लामा फेरि टोलेहरुबीच ग्याङ फाइट भएको छ । प्रायः टिनएजर नै यसमा संलग्न छन् । तनहुँ प्रहरीले अब कडा एक्शन लिन जरुरी छ । घटनामा संलग्न हुनेलाई रामधुलाई नगरी फेरि नसुध्रिने पीडित स्थानीयको भनाई छ ।
सोमबार तनहुँको घिरिङ गाँउपालिका ३ डाँडाथोकमा बिहेको भोजमा भिमाद र घिरिङका युवाहरु बिच झगडा भएको हो । चार जना घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको प्रदेश प्रहरी पोखरा कार्यालयले जनाएको छ । सोही घटनामा संलग्न तिन जनालाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पक्राउ पर्नेमा घिरिङ गाँउपालिका ३ बस्ने वर्ष १७ को सुजन आले, वर्ष १९ को मनोज राना र वर्ष २८ को सन्त बहादुर थापा रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
प्रथम स्व. कमल पोख्रेल स्मृति कप, पुरुष भलिबल प्रतियोगिता हुने
पुस्तक तथा स्टेसनरीमा गौतमको नेतृत्व
कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव
रिमझिम बल क्यान्डी ‘पीरो मिठाई’ पोखरा बजारमा उपलब्ध, छिट्टै देशैभर उपलब्ध हुने
नि : शुल्क स्वास्थ्य शिविरबाट दुई हजार बढी लाभान्वित
चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम