महेन्द्र जिसी, पर्वत । सौरभ फुड प्रोडक्टले प्याकिङ्ग गरेको व्याच नं. २९ को सोल्टी जिरा मसिनो चामलमा यूरिया जस्तो दाना फेला परेको छ । पर्वत सदरमुकाम कुश्माबजारमा विक्रिम राखीएको चामलको बोरामा रासायनिक मल यूरिया भेटिएको हो ।
पर्वतको कुश्मा नगरपालिका ७ गोदामका कृष्णप्रसाद आचार्यले बजारबाट किनेर लगेको चामलको बोरा खोल्दा यूरिया मल मिसाबट भएको पाईएको हो । कुश्माबजारको दुर्लुङ्गचोकमा रहेको प्रभु शरणम किराना पसलबाट गत आईतवार साँझ चामल घर लगेको र सोमबार बिहान भात पकाउने क्रममा युरिया भेटिएको उपभोक्ता कृष्ण प्रसाद अचार्यले बताउ । खाना खाए लगत्तै सबै परिवारलाई झाडापखाला लागेपछि शंका लागेर चामल हेर्दा युरीयाको जस्तो दाना मिसावट भएको पाएपछि प्रशासन गुहारेको आचर्यले बताए ।
आइतबार सोही बोराको चामल पकाएर खाँदा सोमबार परिवारका झाडापखाला लागेपछि शंका लागेर चामल हेर्दा यूरिया मलका सेता दाना बाक्लै भेटिएपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको आचार्यले बताए । उजुरी पछि सौरभ फुड प्रोडक्टले २०७५ मंसिर २५ गते प्याकिङ्ग गरेको व्याच नं. २९ को सोल्टी जिरा मसिनो चामलको बोरा जिल्ला प्रशासन पर्वतमा राखिएको छ ।
चामलको उपभोग्य मिति भने चौबिस महिना रहेको छ । उपभोक्ता आचार्यको उजुरीको आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभीजन कार्यालय बागलुङका निमित्त प्रमुख केदार पौडेल सहितको टोलीले उक्त चामलको बोरा नियन्त्रणमा लिएको थियो भने उक्त गोदाममा रहेका सोही ब्याच नम्बरका चामलका बोरामा भने मिसावट पाइएको छैन ।
पसलको गोदाममा रहेका अन्य बोराहरु हेर्दा भने यूरियाको मिसाबट नभएको पाइएको प्रमुख पौडेलले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा चामल उत्पादकलेनै त्रुटि गरेको निष्कर्षमा पुगिएको र थप अनुसन्धानका लागि चामल प्रयोगशालामा पठाइने पौडेलले जानकारी दिए ।
सम्बन्धित खबर
भारतले पानी नदिँदा गण्डक जलविद्युत्को बिद्युत उत्पादन बन्द
विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर्न कास्की काँग्रेसको माग
र्यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस
तनहुँकी एक महिलाले ढुङ्गाले हानेर चारमहिने छोराको गरे हत्या
पोखरामा लागू औषधसहित २ जना पक्राउ
गुप्तेश्वर गुफामा वाद्यवादन तालिम सम्पन्न
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध