स्याङ्जा । पेन्सन लिन जिल्ला सदरमुकाम पुगेका चापाकोट नगरपालिका २ का ७५ वर्षीय हेमराज अर्यालको नेपाल बैंक लिमिटेड कार्यालयमै मृत्यु भएको छ ।
सोमबार कार्यालय भित्र पेन्सन बुझ्न पालो कुरेर बसेका अर्यालको अचानक ढलेर मृत्यु भएको साइँला छोरा कृष्णकान्त अर्यालले बताए । पेन्सन निकाल्ने र पोखरामा गई उपचार गराउन हिँड्नुभएका अर्याल मुटु र उच्च रक्तचापबाट पीडित थिए ।
पेन्सन बुझ्नका लागि पालो कुरेर उभिरहेका बेला अचानक ढलेपछि जिल्ला अस्पताल पुर्याउदा अर्यालको मृत्यु भइसकेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजकुमार लम्सालले पुष्टि गरेका छन् ।
सम्बन्धित खबर
खुल्ला भजन चुड्का प्रतियोगिता हुने
‘ड्रागन फ्रुट बिक्री गर्न समस्या छैन’
स्याङ्जामा सवारी दुर्घटना घट्दै
प्रथम स्व. कमल पोख्रेल स्मृति कप, पुरुष भलिबल प्रतियोगिता हुने
पुस्तक तथा स्टेसनरीमा गौतमको नेतृत्व
कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम