काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत मृत अवस्थामा फेला परेकी छिन् ।ललितपुरको बालकुमारी स्थित वेस्टार अपार्टमेन्टमा बस्दै आएकी बस्नेतमृत अवस्थामा फेला परेकी महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
मृतक बबिता ऊर्जामन्त्री वर्षमान पुनका प्रेस सहयोगी रोशन खड्काकी श्रीमती हुन् भने बनमन्त्री बस्नेतकी दाइको छोरी हुन् । प्रहरीका अनुसार वेस्टार अपार्टमेन्टको उनको फ्ल्याटमा बबिताले सलको पासो लगाएको अवस्थामा शव फेला परेको हो ।
प्रहरीका अनुसार आइतबार बिहान १० बजेसम्म नउठेपछि बबिताकी नन्दले ढोका ढकढक्याउँदा नखुलेपछि प्रहरीलाई खबर गरेकी थिइन् । त्यसपछि पुगेको ललितपुर प्रहरीको टोलीले ढोका फोरेर हेर्दा पासो लगाएको अवस्थामा मृत शरीर फेला परेको थियो ।
प्रहरीले घटना संकास्पद रहेको भन्दै अनुसन्धान भइरहेको जनाएको छ ।
सम्बन्धित खबर
अवरुद्ध राहदानी सेवा सञ्चालन,आजदेखि परीक्षणको काम सुरू
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
अहिलेको सरकार जनताको सरकार हो, मेरो कोही छैन भन्नेका निम्ति राज्य छ: प्रधानमन्त्री ओली
चीनसँग ऋणसम्बन्धी सम्झौता नहुने
दुर्गा प्रसाईँ अस्पतालबाट हिरासत फिर्ता
रवि लामिछानेलाई भोलि मंगलबार काठमाडौँ लगिँदै
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम