किरण श्रेष्ठ, तनहुँ । न्यायिक बिचलन देखिएको भन्दै तनहुँ जिल्ला न्यायाधीश निलम्बनमा परेका छन् । तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्याय बुधबार निलम्बनमा परेका हुन् ।
आचरणविपरीत कार्यसम्पादन गरेको र पदीय कर्तव्यबाट च्यूत भएको आरोपमा न्यायपरिषद्ले उनीमाथि छानबिन समिति गठन गरेको थियो । उनि संगै ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमंगल आत्रेय समेत निलम्बनमा परेका हुन् । समिति गठनलगत्तै उनीहरुलाई निलम्बन गरियो । न्यायिक बिचलन देखिएको भन्दै तनहुँका जिल्ला न्यायाधीश उपाध्यायलाई न्याय परिषदमा झिकाइएको थियो । उपाध्यायलाई विगतमा पनि परिषदमा झिकाएर सचेत गराइएको थियो। तर उनले आफ्नो आचारण सुधार नगरेको र पटकपटक परिषदमा गम्भीर उजुरी परेपछि उनी कारवाहीमा परेका हुन् । ओमकारको शैक्षिक प्रमाणपत्रमा कैफियत भेटिएको हो । यस्तै उनीबिरूद् आर्थिक लेनदेनको समेत आरोप थियो । उनको न्याय परिषद्ले अनुसन्धान गरिरहेको थियो ।
न्याय सम्पादनमा बदनियत देखिएपछि माघ पहिलो साता तानिएका तनहुँ जिल्ला न्यायाधीश ओमकार उपाध्याय निलम्बनमा परेका हुन् । त्यस्तै पुस २६ गते न्यायपरिषदमा तानिएका ललितपुर जिल्ला न्यायाधीश विश्वमंगल आत्रेय निलम्बनमा परेको न्यायपरिषद स्रोतले जनाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको निर्देशनमा दुवै न्यायाधीश तीन साताअघि परिषद्मा तानिएका थिए । न्यायपालिका शुद्धीकरणका लागि आक्रामक अभियान थालेका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले दुईजना जिल्ला न्यायाधीशलाई निलम्बन गरेका छन् । न्याय परिषदमार्फत थालिएको यो अभियानका क्रममा अन्य दुई जिल्ला न्यायाधीशलाई एक हप्ते स्पष्टीकरण सोधिएको छ ।
न्यायाधीश आत्रेयले मलेसिया रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दा अवैध असुली गरेको भन्दै सरकारले कारवाही गरेका संस्थालाई सफाइ दिएपछि उनी विरुद्ध न्यायपरिषदमा समेत उजुरी परेको थियो । न्यायपरिषद सचिवालयले जिल्ला न्यायाधीशहरुमध्ये पहिलो बरियतामा रहेका सर्लाहीका राजेश काफ्ले र भक्तपुरका मोहम्मद जुनैद आजादलाई स्पष्टिकरण सोधेको छ ।
न्याय सम्पादनका क्रममा बद्नियत गरेको र न्यायिक बिचलन देखिएको भन्दै दुई जिल्ला न्यायाधीशलाई कारवाही किन नगर्ने भनेर एक साताभित्र लिखत स्पष्टीकरण मागेको छ । यसअघि न्यायपरिषदले ३८ किलो सुनकाण्डका अभियुक्तहरुलाई न्युन धरौटीमा छाड्ने उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित ५ जना न्यायाधीशलाई कारवाहीस्वरुप परिषदमा तानिएको थियो । उनीहरुमाथि पनि छानविन भइरहेको र दोषी देखिए निलम्बन गरिने प्रधान न्यायाधीश निकट स्रोतले जनाएको छ ।
प्रधान न्यायाधीशको कार्यभार सम्हाले लगत्तै राणाले न्यायाधीश उपर आउने गुनासा, टीका टिप्पणी सम्बन्धमा तत्काल सम्बोधन गर्ने गरि न्यायिक अनुगमन तथा निगरानी संयन्त्र बनाएका थिए । सो संयन्त्रबाट आवश्यक अनुगमन, निगरानी गर्ने, प्रतिवेदन लिने र आवश्यक प्रक्रिया अबलम्बन गर्ने राणाले बताएका थिए । निगरानी संयन्त्रले बिभिन्न न्यायाधीशहरुका उपर आएका गुनासा र उजुरीहरुको छानविन गर्ने क्रममा स्थलगत अनुगमन समेत गरेको स्रोतले जनाएको छ । संयन्त्रले सुक्ष्म अनुगमन, निगरानी र गुनासाहरुको सुनुवाइ गरेको थियो ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते