रञ्जन अधिकारी, पोखरा । काठमाण्डौमा २ वर्षअघिदेखि सुरु भएको टुटल सेवा पोखरामा पनि विस्तार भएको छ । सार्वजनिक सवारीसाधनको यात्रा ‘सकस’ भइरहेका बेला भाडा तिरेर मोटरसाइकलमा यात्रा अहिले उपयोगी बन्दै गएको छ ।
हालैमात्र काठमाण्डौमा ऐन विपरित र कर नतिर्ने व्यवसाय भन्दै ट्राफिक प्रहरीले कारबाहीको दायरामा ल्याएपछि प्रधानमन्त्री आफैले कारबाही नगर्न भनेका थिए । त्यसपछि टुटल, पठाओ जस्ता प्रविधिबारे धेरै जानकार भए । अहिले पोखरामा पनि यो सेवा लिन र दिन सकिने गरी टुटल कम्पनीले सेवा विस्तार गरेको छ । सेवा दिएवापत चालकले आम्दानी र यात्रुले सहयोग पाउने भएकाले पनि यो सेवा लोकप्रिय बन्दै गएको छ ।
कहिलेकाहीँ मोटरसाइकलमा ‘लिफ्ट’ मागेर चढेको धेरैलाई अनुभव होला । अब पोखरामै पनि भाडा तिरेर मोटरसाइकल चढ्न पाईन्छ । डोटीमा जन्मिएका शिक्षित भट्ट यसका परिकल्पनाकार हुन् । उनी ‘टुटल’ एप्स सञ्चालन गर्ने ‘टेक्नोलोजी कम्पनी’ ‘थ्री सिक्स्टी’का ‘को–फाउन्डर’ हुन् । अहिले सार्वजनिक यातायातभन्दा बढी तर ट्याक्सीभन्दा निकै सस्तो भाडादर कायम गरिएको छ ।
टुटलमार्फत् बाइकमा यात्रा गर्दा न्यूनतम ३ किलोमिटरसम्म ६० रूपैयाँ लाग्छ । तीन देखि ६ किलोमिटरसम्म प्रतिकिलोमिटर १८ रूपैयाँ र त्योभन्दा बढी भएमा प्रति किमी २५ रूपैयाँ लाग्छ । उपत्यकामा सञ्चालित यो सेवा बिहान ८ बजेबाट बेलुका ८ बजेसम्म चल्छ । यो सेवा दिएबापत बाइकरले ८० प्रतिशत रकम लिन्छ भने टुटलले २० प्रतिशत लिने गरेको छ । बाइकर र यात्रुले मोबाइल एप्स्मार्फत नै खाता खोलेर वालेट वा क्यास पेमेन्टबाटै पनि कारोबार गर्न सकिन्छ।
सार्वजनिक यातायात व्यवस्थित हुन नसकिरहेका बेला ’टुटल एप’ मार्फत चालकसहितको मोटरसाइकल बोलाउन आफू बसेकै स्थानमा बोलाउन सकिन्छ । यसको लागि इन्टरनेटको सुविधा हुनुपर्छ ।
पोखरामा झण्डै ३ सय मोटरसाइकल सेवा दिन तयार
कम्पनीका अनुसार अहिले पोखरामा झण्डै ३ सय बढी मोटरसाइकल चालकले यो सेवा दिने कम्पनी प्रतिनिधिले जनाएका छन् । कस्टुमर सर्भिस सेन्टरका प्रतिनिधिका अनुसार पोखरामा सेवा दिन चाहने युवाहरु बढ्दैछन् । अरुको काम पनि गर्न नपर्ने, आफूसँग भएको बाइक प्रयोग गरेर यात्रुलाई भनेको ठाउँमा पु¥याउँदा पैसा पनि आउने भएकाले जागिर खान नचाहने, जागिर नपाएका वा बेरोजगार युवाहरु झनै आकर्षित छन् । पोखरामा ट्राफिक जाम पनि नहुने भएकाले पनि यहाँका चालकलाई काठमाण्डौको भन्दा फाइदा रहेको बताईन्छ ।
यसरी लिन दिन सकिन्छ टुटल सेवा
यस सेवा लिन वा दिन एप्स इन्स्टल हुने मोबाइल र इन्टरनेट सुविधा भए पुग्छ । टुटलसेवा प्रयोग गर्न फोनमा ‘टुटल एप्स डाउनलोड गर्नुपर्छ । एन्ड्रोइड र आइओएस दुवै डिभाइसमा इन्स्टल गर्न सकिन्छ । त्यसमा आफ्नो मोबाइल नम्बरलाई युजर नेम बनाएर अकाउण्ट खोलिसकेपछि चाहेको स्थानमा ‘टुटलमा रजिस्टर भएका बाइकको सेवा लिन सकिन्छ ।
कतै जान चाहने यात्रुले एप मार्फत आफू नजिकै रहेको मोटरसाइकल चालकलाई सम्पर्क गरेर बोलाउन सकिन्छ । तर, सेवाग्राहीको प्रस्ताव मोेटरसाइकल चालकले अस्वीकार गरेमा नजिकै रहेका अर्कालाई त्यो रिक्वेष्ट जान्छ । एपमा आफू रहेको ठाउँ र गन्तब्य र सेवा चाहिने समय उल्लेख गरेर बुक गरेपछि पुग्ने स्थानसम्मको दूरी र लाग्ने रकम उल्लेख हुन्छ । यसमा बार्गेनिङको झण्झट छैन । आफूलाई कति समयपछि सेवा चाहिएको हो, त्यही अनुसार पनि बुक गर्न सकिन्छ ।
यात्रुले टुटल र बाइकरले टुटल पार्टनर एप्स टुटलमार्फत सेवा दिन वा लिनको लागि छुट्टाछुट्टै एप्स डाउनलोड गर्नुपर्छ । यात्रुको लागि टुटल एप्स छ भने बाइक हुने बाइकरले सेवा दिएर आम्दानी गर्न चाहेमा टुटल पार्टनर एप्स डाउनलोड गर्नपर्छ । यसरी बाइकरले खाता खोल्दा लाइसेन्स नम्बर र त्यसको तस्बिर अपलोड गर्नुपर्छ ।
बाइकमार्फत सेवा दिन चाहनेले टुटल पार्टनर एप्स डाउनलोड गरेर सेवा दिन सकिन्छ । पूर्णकालीन वा आंशिक समय चाहे अनुसार आफूले सेवा दिन पाइनेछ । यसमा कसैको दबाब हुँदैन । एप्समा यात्रुले गरेको अनुरोध देखिन्छ । एप्समार्फत नै आफूले एसेप्ट वा रिजेक्ट गर्न सकिनेछ ।
उक्त अनुरोध स्विकार गरेर सेवा दिन सकिन्छ । कार्यालय समयपछि आफूलाई पायक पर्ने ठाउँमा पनि सेवा दिन सकिन्छ । यसको लागि सोही अनुसार यात्रुले एप्समा उपलब्ध भएको अनुरोधलाई स्वीकार गरेर जानुपर्छ । यसरी कार्यालयबाट फर्कदाको समयमा टुटल दिँदा सेवा पनि हुने, पेट्रोल खर्च पनि उठ्ने । फाइदै फाईदा छ । एकपटक दर्ता भइसकेपछि पोखराको जुनसुकै ठाउँबाट पनि यात्रुले सेवा लिन र चालकले सेवा दिन सक्छन् ।
यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएका निजी सवारी साधनले उपदफा २ बमोजिम भाडाको यातायातका लागि प्रयोग गर्न नपाइने व्यवस्था गरेको भन्दै प्रहरीले कारबाही गर्ने जनाएको थियो । ट्राफिक प्रहरीले गरेको कारबाहीबारे फेसबुक र ट्विटरमा पक्ष र विपक्षमा टीकाटिप्पणी भए । यसलाई कानुनको परिधिमा ल्याएर राज्यलाई पनि फाईदा र नागरिकलाई पनि सुरक्षित सेवा दिन सबैको सुझाव छ ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम