दोस्रो व्यास नगर अल्ट्रा म्याराथनको उपाधि सेनाका खगेन्द्र बहादुर भाटलाई

दोस्रो व्यास नगर अल्ट्रा म्याराथनको उपाधि सेनाका खगेन्द्र बहादुर भाटलाई

byas daud (1)

किरण श्रेष्ठ, तनहुँ । दोस्रो व्यास नगर अल्ट्रा म्याराथन सम्पन्न भएको छ । तनहुँको व्यास नगरपालिका वडा नं ५ मानुङ्गकोटबाट व्यास नगरपालिका वडा नं ८ पुलिमराङसम्म भएको म्याराथनको उपाधि नेपाली सेनाका खगेन्द्र बहादुर भाटले जितेका छन । सेनाका भाटले उक्त ४४ किलोमिटरको दुरी २ घण्टा ५३ मिनेटका पार गरेका हुन ।

त्यस्तै उक्त दुरी ३ घण्टा २ मिनेटमा पार गर्दै नेपालि सेनाकै नवराज साउद प्रतियोगितामा दोस्रो भाएका छन । साउद प्रथम व्यास नगर अल्ट्रा म्याराथनको विजेता समेत हुन उनले गतवर्ष उक्त दुरी ३ घण्टा १३ मिनेटमा पार गरेका थिए । यसपटक उनले आफ्नै रेकर्ड तोडेका छन ।

त्यसैगरि पाचथर जिल्लाका भुमिराज राई तेस्रो भएका छन । उनले उक्त दुरी ३ घण्टा १४ मिनेटमा पुरा गरेका थिए । त्यस्तै रुकुमका दुर्गा राज बुढाले ३ घण्टा १६ मिनेट, एपिएफ किरण सिं बोगटीले ३ घण्टा २० मिनेट, सिसाघाटका सुरेन्द्र चापागाईंले ३ घण्टा २२ मिनेट, व्यास-६ का विशाल गुरुङले ३ घण्टा २३ मिनेट र सोलुखुम्बुका सुमन कुलुङले ३ घण्टा ३५ मिनेटमा उक्त दुरी पार गर्दै प्रतियोगितामा सान्त्वना भएका छन ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः रु ८०, रु ६० र रु ५० हजार प्रदान गरिएको थियो भने सान्त्वना हुने पाँच जनालाई जनही रु १५-१५ हजार प्रदान गरिएको थियो । व्यास नगरपालिका वडा नं ५ मानुङकोटबाट सुरु भएको म्याराथन व्यास नगरपालिका वडा नं ८ पुलिमराङसम्म ४४ किमि दुरीको रहेको थियो ।

म्याराथन मानुङकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिएको थियो ।

प्रतियोगितामा १९ जिल्लाका १०४ धावकको सहभागिता रहेको नगरपालिकाका प्रवक्ता एवं व्यास नगरपालिका वडा नं ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । पुलिमराङ सम्म भने ५३ जना पुगेको श्रेष्ठले जानकारि दिए ।

मोटरसाइकल प्रयोग गर्दा १ प्रतियोगी अयोग्य

व्यास नगर अल्ट्राम्याराथनमा सहभागी एक प्रतियोगी अयोग्य भएका छन । भारतिय सेनामा कार्यरत तनहुँकै रोजिन्द्र श्रेष्ठ म्याराथनमा गलत तरिकाबाट तेस्रो हुन खोज्दा उनि अयोग्य भएका हुन । उनले म्याराथनको रुट छोडेको र म्याराथन कै बिचमा मोटरसाइकल प्रयोग गरेको आयोजकले पत्ता लागाएपछि उनि प्रतियोगिताबाट अयोग्य भएका हुन । उनि गलत तरिका बाट ३ घण्टा २ मिनेटमा पुलिमराङ आइपुगेका थिए । म्याराथन अनुगमन समुहले मोटरसाइकल प्रयोग गरेको थाहा पाएपछि श्रेष्ठ अयोग्य भएको व्यास नगरपालिकाका प्रवक्ता तथा व्यास-५ का वडाअध्यक्ष मोहन कुमार श्रेष्ठ जानकारी दिए ।

ख्यातिप्राप्त धावक मानन्धर र कोजु सम्मानित

सोही अवसरमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ख्यातिप्राप्त धावक वैकुण्ठ मानन्धर र कान्छीमाया कोजुलाई सम्मान गरेका थिए । वरिष्ठ नेता पौडेल र व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेले संयुक्त रुपमा उनिहरुलाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरेका हुन ।

देशले खेलकुदको क्षेत्रमा गौरवको अनुभुति गरिरहेको छ : वरिष्ठ नेता पौडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले देशले खेलकुदको क्षेत्रमा गौरवको अनुभुति गरिरहेको बताएका छन । शहीद दिवसका अवसरमा व्यास नगरपालिकाले बुधबार आयोजना गरेको दोस्रो व्यास नगर अल्ट्रा म्याराथन प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुदमा नेपालले प्राप्त गरेको सफलताले देशको गौरव बढाउन सहयोग पुर्याएको बताए ।

“कुनैपनि मुलुकलाई पर्यटन र खेलकुदले गौरवान्वित बनाउछ”, नेता पौडेलले भने,”खेलकुदको सफलताले राष्ट्रहरु प्रफुल्लित हुन्छन र हाम्रो देश पनि विस्तारै खेलकुदको क्षेत्रमा एउटा गौरवको अनुभूति गर्न गइरहेको अवस्था छ ।” अब खेलकुद क्षेत्रको विकास गर्न यो दौड प्रतियोगिताले पनि एउटा ठुलो भूमिका खेल्नेछ र जिल्ला र व्यासनगर क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठुलो योगदान पुर्याउनेछ’ नेता पौडेलले भने ।

मानुङकोटको सडक मार्ग पिच भएपछि पर्यटनको सम्भावना लाई अगाडी बढाउने र आकाशे खानेपानि यहाँको बासिन्दा लाई सुविधा पुगेको पौडेलले बताए । तनहुँको अत्यन्तै रमणिय र एउटा पर्यटकिय ठाउँ मानुङकोट र प्रजातन्त्रका लागि लडेर सहिद भएका विर सहिदहरुको भुमि पुलिमराङ सम्मको दौड संयोग नै संयोगले भरिएको नेता पौडेलले बताए ।

व्यास नगरपालिकाले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले व्यास नगर अल्ट्रा म्याराथन आयोजना गरिएको व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले बताए । त्यस्तै राष्ट्रिय धावक वैकुण्ठ मानन्धरले खेल क्षेत्रको माध्यमबाट नेपाललाई विश्वमाझ चिनाउन खेलाडीले प्रयत्न गर्नुपर्नेमा जोड दिए । अहिले सरकारले लिएको करको नीतिमा उनले दुखेसो पोखे । राष्ट्रिय धावक वैकुण्ठ मानन्धरले भने, “कर सबैले तिर्नुपर्छ तर अहिले धेरै जनताले तिरेका छैनन, कर व्यवस्थित भए सबैले कर तिर्नेछ र देश विकास तिव्र रुपमा अघि बढ्नेछ ।”

स्वास्थ्यको लागि दौड एकदम जरुरि रहेको छ राष्ट्रिय धावक कान्छी माया कोजुले बताइन । यस प्रतियोगितामा व्यास बोलाएर व्यास नगरपालिकाले गरेको सम्मानले अझै हौसला बढेको उनले बताइन ।

प्रतियोगिता समापनका क्रममा नेकपा केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, नेपाली कांग्रेसका पूर्व सभापति रघुनाथ पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठलगायतले बोलेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds