व्यास नगर अल्ट्राम्याराथन आज : ख्यातिप्राप्त धावक वैकुण्ठ मानन्धर र कान्छीमाया कोजुलाई मानुङ्गकोटमा सम्मान

व्यास नगर अल्ट्राम्याराथन आज : ख्यातिप्राप्त धावक वैकुण्ठ मानन्धर र कान्छीमाया कोजुलाई मानुङ्गकोटमा सम्मान

Vyas Nagar Ultra Marathon

तनहुँको व्यास नगरपालिका वडा नं ५ मानुङ्गकोटबाट व्यास नगरपालिका वडा नं ८ पुलिमराङसम्म हुने दोस्रो व्यास नगर अल्ट्रा म्याराथन आज हुदैछ । व्यास नगरपालिकाले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले व्यास नगर अल्ट्रा म्याराथन गर्न लागेको हो । शहिद दिवसको सन्दर्भमा आयोजना गरिएको म्याराथनको सम्पुर्ण तयारि पुरा भैसकेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

तनहुँको व्यास नगरपालिका वडा नं ५ मानुङ्गकोटबाट शुरु हुने म्याराथन व्यास नगरपालिका वडा नं ८ पुलिमराङसम्म ४४ किमी दुरीको रहनेछ । म्याराथन मानुङ्गकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ ।

व्यास नगरपालिकाका प्रमुख न्यौपानेले पर्यटकीय गाउँ मानुङ्गकोट र शहिदको गाउँ पुलिमराङलाई खेलकुदको माध्यमबाट जोड्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको पत्रकार सम्मेलनमा बताए ।

११० जनाको नाम दर्ता

मंगलबार साझसम्म करिब ११० जना धावकहरुले आफ्नो नाम दर्ता गराएका व्यास नगरपालिकाका सुचना अधिकारि गोकर्णराज वाग्लेले बताए । जसमा तनहुँ जिल्लाका अन्य १३ जिल्लाका धावकहरुले म्याराथनको लागी नाम दर्ता गराएको व्यास नगरपालिकाले जानकारी दिएको छ । गतवर्ष आयोजना गरिएको प्रथम व्यास नगर अल्ट्रा म्याराथनमा ३० जिल्लाका १४४ धावकको सहभागिता रहेको थियो । जसमध्ये १२३ धावक अन्तिम बिन्दुसम्म पुगेका थिए ।

प्रथम पुरस्कार ८० हजार

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ८० हजार, दोस्रो हुनेलाई नगद रु ६० हजार, तेस्रो हुनेलाई नगद रु ५० हजार र सान्त्वना हुने पाँच जनालाई १५-१५ हजार प्रदान गरिनेछ । “गतवर्ष पुरस्कार रकममा कर काटिएको थियो”, नगरप्रमुख न्यौपानेले भने, “तर यसपालि कर लाग्ने छैन पुरस्कारमा लाग्ने कर नगरपालिकाले व्यहोर्नेछ ।” अघिल्लो वर्ष पुरस्कार रकममा कर कटौति गर्दा विजेता खेलाडिले मन दुखाएको हुदा सो कर नगरपालिका आफैले व्यहोर्न लागेको नगरप्रमुख न्यौपाने जानकारी दिए ।

प्रतियोगिता सञ्चालनका लागि १० लाख रुपैया खर्च हुने अनुमान व्यास नगरपालिकाले गरेको छ । नगरपालिकाले मानुङ्गकोट र पुलिमराङलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्य लिएको नगर प्रमुख न्यौपानेले जानकारी दिए ।

ख्यातिप्राप्त धावकलाई सम्मान

त्यस्तै व्यास नगरपालिकाले नेपालका ख्यातिप्राप्त धावकहरु लाई सम्मान गर्ने भएको छ । नगरपालिकाले ख्यातिप्राप्त धावक वैकुण्ठ मानन्धर र कान्छीमाया कोजुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । साथै समापन कार्यक्रमको प्रमुख अतिथि ख्यातिप्राप्त धावक वैकुण्ठ मानन्धर रहेको व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले दोस्रोपटक हुन लागेको प्रतियोगितामा सहभागी धावकहरुको उत्साह एवं सम्मानका लागि स्वागत गर्नको व्यास नगरपालिकाले सम्पुर्ण जिल्लाबासी तथा नगरबासी लाई अनुरोध गरेको छ ।

व्यास नगर अल्ट्रा म्याराथन लाई निरन्तरता किन ?

व्यास नगर अल्ट्रा म्याराथन लाई निरन्तरता दिनुका कारण बारे व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले भने,” धावन क्षेत्रका व्यक्ति अत्यन्तै उत्साहित भएका र म्याराथनले व्यास नगरपालिकाको गरिमा बढाएको महसुस गरेका छौ ।” मानुङकोट र पुलिमराङका स्थानियबासि उत्साहित छन । धावन क्षेत्रका मानिसले अल्ट्रा म्याराथनको प्रसंशा गरेको न्यौपानेले जानकारी दिए ।

अहिले आन्तरिक पर्यटक दुबै स्थानमा बढेको न्यौपानेले बताए । “गतवर्ष पुलिमराङमा यातायातको असुविधा रहेको थियो अहिले त्यो समस्या छैन अहिले त दमौली देखी पुलिमराङ सम्म नै बस चलेको छ ।” प्रमुख न्यौपानेले बताए । अबक दिनमा महिलाहरु अलग्गै प्रतियोगिता गर्ने नगरप्रमुख न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds