नेपाल आइडलका कृशल कडेलका दाइ शंकर कडेलले नयाँ गीत युट्युब मार्फत सार्वजनिक गरेका छन् । विगत लामो समयदेखि जर्मनीमा रहेका शंकरले पूर्णिमा बोलको गीत मंगलबार मात्रै आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।
गीतको शब्द र संगीत राज खड्काको रहेको छ । यस गीत ल्याउनका लागि प्रेम नेपाली, अमृत शर्मा पौडेल लगायतको साथ रहेको छ । उनले गीत रुचाईएको खण्डमा म्युजिक भिडियो समेत तयार पार्ने जनाए ।
अध्ययनको सिलसिलामा जर्मनी रहेका शंकरले संगीत सम्बन्धी औपचारिक ज्ञान लिएका छैनन् । सानैदेखि गुनगुनाउने मात्र गरेका उनले आफ्नो रुची अनुसार पहिलो गीत सार्वजनिक गर्न पाउँदा खुशी लागेको बताए । ‘सानैदेखि गुनगुनाउँथे, तर कहिँपनि संगीत प्रशिक्षण लिने समय भएन । उच्च शिक्षाका लागि जर्मनी आएपछि झनै यो तारतम्य नै मिलेन ।’ – शंकरले भने – ‘आफ्नो स्वरमा गीत सुन्दा कस्तो हुन्छ जस्तो लागेको थियो, राज दाइको सहयोगले यहीं रेकर्ड गर्न पाएँ । आभार व्यक्त गर्दछु ।’
उनका भाइ कृशल कँडेल नेपाल आइडलमा टप एट सम्मको यात्रा तय गर्दा भोटिङका लागि शंकर निकै सक्रिय बनेका थिए । गायनमा आफ्नो ईच्छा भएकै कारण आफ्नो परिवार सांगीतिक क्षेत्रमा जमेको हेर्ने ठूलो रहर रहेको उनले सुनाए ।
सम्बन्धित खबर
गुमनाम विष्णु माझीले तीज गीत ल्याउँदै भनिन् – ‘आइन आमा यो तीजैमा’ [भिडियो]
‘यो देशमा बसेर दिन गन्ने मात्रै हो’ [भिडियो]
अनमोल र जसिताको ‘अन्तिम माया ‘ [भिडियो]
२१ वर्ष पछि लोकेन सुब्बाले ल्याए ‘कान्छी’ [भिडियो]
‘महाजात्रा’ को दोस्रो गीत ‘मुरी मुरी साथी’ सार्वजनिक (भिडियो)
मदन र मायाको `पिरैले सुकाउँछ ज्यान´ सार्वजनिक [भिडियो]
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग