बाजुरा, ९ माघ। चट्याङ लागेर आज यहाँ ५२ भेडा मरेका छन् । जिल्लाको बडिमालिका नगरपालिका–७ चुथीको जङ्गलमा चराउन लगिरहेका बेला परेको चट्याङ लागेर एकै दिन ५२ भेडा मरेको जिल्ला प्रहरी कार्यालयले जनाएकोे छ ।
भेडा बूढीनन्दा नगरपालिका–४ का राजेन्द्र रोकाया र दीपक धामीका रहेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताउनुभयो । चुथीको जङ्गलमा एकै साथ चरिरहेका १२३ वटा भेडामध्ये चट्याङ लागेर ५२ भेडा घटनास्थलमा नै मरेको प्रमुख भाटको भनाइ छ ।
चट्याङ मङ्गलबार साँझपख परेको भए पनि अत्यधिक हिमपात र वर्षाका कारण प्रहरी प्रतिवेदनसहित घटना अध्ययन प्रतिवेदन आज मात्र तयार पारिएको उनले जानकारी दिए । साझेदारीमा व्यवसाय सञ्चालन गरेका रोकाया र धामीको चट्याङका कारण करीब पाँच लाखभन्दा बढीको क्षति भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । लेकाली भेगमा चिसो हुने भएपछि उनीहरुले चरिचरनका लागि भेडा चुथी ल्याएका थिए । ब्याउने सहितका भेडा भएकाले ठूलो मात्रामा नोक्सानी भएको उनीहरुको भनाइ छ ।
त्यस्तै चट्याङकै कारण रेडियो बार्जुको स्टेशनमा पनि ठूलो क्षति भएको छ । रेडियोमा रहेको ट्रान्समिटर, मिक्चर, दुई थान कम्प्युटरसहितका मेशिनरी सामानमा क्षति भएको सञ्चालक समिति अध्यक्ष माया शाहले बताए । ट्रान्समिटर नै जलेका कारण रेडियोको प्रसारण सेवा पनि बन्द भएको छ । चट्याङकै कारण त्रिवेणी नगरपालिकामा पनि एक घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : गुणस्तरीय र समयमै काम गर्नू
स्वास्थ्य क्षेत्र गण्डकी सरकारको प्राथमिकता : स्वास्थ्यमन्त्री पाठक
‘मानिया’ इनर्जी ड्रिंक पिउँदा तामाङ्गले जिते ३२ इन्चको एलइडी टिभी
पोखरा -१५ मा तीज गीत प्रतियोगिता, माछापुच्छ्रे चौतारी आमा समूह पहिलो
स्वास्थ्यमन्त्री पाठकको पहिलो निर्णय : नसर्ने रोगको स्क्रिनिङ गर्ने
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग