पोखरा । पोखरामा साढे २ करोड ठगी गरी फरार बागलुङकी महिला काठमाण्डौमा पक्राउ परिन् ।
वाग्लुङ वडीगार्ड गाँउपालिका बडा नं ८ घर भई हाल पोखरा महानगरपालिका बडा नं २६ अघौं डेरा गरी बस्ने स्नेहा भनेर चिनाउने ४२ वर्षीया सरिता कुमारी राना प्रहरी फन्दामा परेकी हुन् ।
उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलन गरी सार्वजनिक ग¥यो । मेरो परिवार लण्डनमा छ भन्दै उनले पोखराका विभिन्न व्यक्तिहरुसँग साढे २ करोड बढी रकम ठगी गरेको कास्की प्रहरी प्रमुख ओम रानाले जानकारी दिए ।
चिनजानका व्यक्तिहरुलाई घरजग्गा खरिद गर्न, जग्गा संग घर साटी दिने जस्ता बिभिन्न प्रलोभन देखाउने तथा, आफूलाई आपत प¥यो ऋण दिनुहोस भनीसापटी मागी रकम फिर्ता नदिई ठगी गरी फरार थिईन् ।
पीडित व्यक्तिहरुको मौखिक तथा लिखित उजुरी कार्यालयमा प्राप्त भए पश्चात यस कार्यालयबाट सुक्ष्म रुपमा निजको खोज तलास गर्दै जाँदा काठमाण्डौ दरबारमार्गबाट पक्राउ गरी पोखरा ल्याएर उच्च अदालतबाट वैकिङ कसुर मुद्धामा म्याद थप अनुमति लिई गरी अनुसन्धान भईरहेको प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङले बताए ।
उनले फ्लाट भाडामा लिई काम गर्ने ब्यक्ति, पाईभेट कार तथा डाईभर समेत राखेर उच्च शानका साथ बस्दै आफ्नो परिवार लण्डनमा रहेको बताउँदै पैसा उठाउन सफल भएकी थिईन् ।
अनुसन्धानका क्रममा उनका कोही पनि लण्डनमा नभएको खुल्न आएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
भूकम्पसम्बन्धी सचेतना फैलाउन पोखरामा नास्टको ‘भूकम्प सिकाइ प्रदर्शनी’
विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर्न कास्की काँग्रेसको माग
र्यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस
पोखरामा लागू औषधसहित २ जना पक्राउ
गुप्तेश्वर गुफामा वाद्यवादन तालिम सम्पन्न
ओटेफको डिजिटल मार्केटिङ विषयक तीन दिने तालिम सुरु
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध