गण्डकी प्रदेशमा आज घटना/दुर्घटना: कास्कीमा दुई जना मृत फेला, बाग्लुङ र नवलपरासीमा पनि, पर्वतमा दुर्घटना

गण्डकी प्रदेशमा आज घटना/दुर्घटना: कास्कीमा दुई जना मृत फेला, बाग्लुङ र नवलपरासीमा पनि, पर्वतमा दुर्घटना

Gandaki Aaja

गण्डकी प्रदेश अन्तर्गतका जिल्लाहरुमा शनिबार निम्न अनुसारका घटना, दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयबाट सूचना प्राप्त भएको छ ।

कास्की : मृत अवस्थामा फेला परेको

मिति २०७५।१०।०५ गते पोखरा महानगरपालिका-१५ खरेपाखा स्थित कास्कीकै मादि गाउँपालिका-११ का ६७ वर्षीय गुञ्जमान तामाङ मृत अवस्थामा छन् भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ ।

कास्की : मृत अवस्थामा फेला परेको

मिति २०७५।१०।०५ गते पोखरा-१४ चाउथे स्थित नहरकुलोमा पोखरा-१३ काहुखोला बस्ने वर्ष २५ को कृष्ण पौडेल मृत अवस्थामा छन् भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ ।

बागलुङ : मृत अवस्थामा फेला परेको

मिति २०७५।१०।०५ गते जैमीनी नगरपालिका-९ पैयुथन्थाप स्थितमा रहेको खोलाको भिरमा सोहि स्थानका पुर्ण बहादुर थापाको छोरा वर्ष १४ को सन्देश थापा मृत अवस्थामा रहेको छ भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई गई थप अनुसन्धान गर्दा उक्त बालक मिति २०७५।०३।२२ गते घर बाट निस्की हिडेको र हाल सम्म पनि घर परिवार तथा आफन्त कोहि कसैको सम्पर्कमा नरहेको भन्ने बुझिएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

पर्वत : सवारी दुर्घटनामा १ जनाको मृत्यु

मिति २०७५।१०।०५ गते जलजला गाउँपालिका-७ मिलनचोक स्थित उपल्लो बजारमा काठ लोड गरी पार्किङ गरी राखेको ग१त ३५१८ नम्बरको ट्याक्टर अचानक आफै अन्दाजी २० मिटर तल गुड्न जाँदा सोहि स्थानकी वर्ष ४२ की कमला पौडेल घाइते भई उपचारको क्रममा मृत्यु भएको छ । उक्त दुर्घटनामा घाइते वर्ष ३५ की अनिता आचार्यलाई उपचारको लागि पोखराको मनिपाल अस्पताल पठाईएको छ , चालकलाई नियनत्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

नवलपरासी (पूर्व ) : मृत अवस्थामा फेला परेको

मिति २०७५।१०।५ गते गैडाकोट नगरपालिका-१४ स्थित भेलनटाडी भन्ने स्थानमा सोहि स्थानका ५५ वर्षीय रत्नखर पौडेल आफ्नै घरको कोठामा भित्रबाट चुक्कुल लगाई सुतिरहेको अवस्थामा परिवारको अन्य सदस्यले ढोका खोल्दा निजले नखोलेको र बोलाउदा समेत नबोलेकोले निज परिवारले तत्कालै प्रहरीलाई खबर गरि प्रहरी टोलीद्धारा अनुसन्धान गर्दा उक्त व्यक्ती आफ्नै ओछ्यानमा मृत फेला परेका छन् । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मिति : २०७५।१०।०५गते ।

प्रहरी नायव उपरीक्षक
( कृष्ण बाहादुर कार्की )

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds