महेन्द्र जिसी, पर्वत– म्याग्दीकाे बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नम्बरकाे यात्रुवाहक बस पर्वतको मालढुंगामा दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या ७ पुगेकाे छ । दुर्घटनामा मृत्यु हुनेमा ५ जनाको सनाखत भएको छ ।
बिहान आठ बजेतिर भएको दुर्घटनामा परी म्याग्दी पाखापानी २ का राजेश पुन र पर्वत जलजलाकी ३२ बर्षिया बिसमाया पुनको घटनास्थलमै मृत्यु भएको थियो । पर्वतको जलजला गाउँपालिका वडा नं. ८ का एकै परिवारका टिके परियार र उनकी श्रीमती सेती परियार र बाग्लुङ्ग नगरपालिका ४ कुडुलेकी शान्ति केसी रहेकी छन् ।
दुर्घटनामा १७ जना गम्भीर घाइते भएका छन । बस सडकबाट तल खसेर ठूला ठूला ढुंगामा ठोक्किँदै तल झरेका कारण गम्भीर घाइते हुनेको संख्या बढी भएको प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । बस सडकबाट कालीगण्डकी किनारमा पुगेको छ ।

गम्भीर घाइते ४ जनालाई हेलिकप्टरबाट थप उपचारका लागि पोखरा पठाइएको छ भने थप घाइतेलाई पठाउनका लागि हेलिकप्टर मगाइएको छ । पोखरा तर्फ २० जना यात्रु पठाइएको छ । अन्य घाइतेहरुको बागलुङ्ग अस्पतालमा उपचार भैरहेको छ ।
धवलागिरी बस व्यवसायी समितिद्वारा संचालित बस पोखरा वाग्लुङ्ग राजमार्गको मालढुंगाको पुलभन्दा माथिको भीरवाट कालिगण्डकी तिर नजिकै पल्टिएको थियो । बस कुच्चिएर क्षतिग्रस्त बनेको छ ।
सुकुम्वासी बस्ती नजिकै बस दुर्घटनामा परेपछि स्थानीयबासी र प्रहरीले घाईतेको उद्वार गरेका थिए ।
सम्बन्धित खबर
भारतले पानी नदिँदा गण्डक जलविद्युत्को बिद्युत उत्पादन बन्द
विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर्न कास्की काँग्रेसको माग
र्यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस
तनहुँकी एक महिलाले ढुङ्गाले हानेर चारमहिने छोराको गरे हत्या
पोखरामा लागू औषधसहित २ जना पक्राउ
गुप्तेश्वर गुफामा वाद्यवादन तालिम सम्पन्न
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध