मासु पसलमा चोरी गर्दै गर्दा एक जना पक्राउ

मासु पसलमा चोरी गर्दै गर्दा एक जना पक्राउ

50140860_363131481133505_8974548350716084224_n

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं ३ मासु बजारमा रहेको मासु पसलमा चोरी गर्दै गर्दा एक जना लाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको टोलिले मासु पसलमा चोरी गर्दै गर्दा गत शुक्रबार साढे एक बजेको समयमा साबिक भिरकोट गाविस वडा नं ४ हाल रिसिङ गाउँपालिका वडा नं ४ का वर्ष ३२ को राम बहादुर विक लाई पक्राउ गरेको हो ।

मासु बजारमा रहेको पुर्ण सिंह सार्कीको ढाकाटोपि मासु पसल र सोहि स्थानमा रहेको झलक बहादुर आलेको झलक मासु पसलको सटरको फुटाली चोरी गर्दै गर्दा प्रहरीले विक लाई पक्राउ गरेको हो । विक लाई प्रहरीले अपराधमा प्रयोग गरेको घन सहित पक्रउ गरेको हो । विकलाई नकवजनी चोरी मुद्धामा जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

त्यसैगरि राम बहादुर विक र उनका दाजु सोम बहादुर विकले व्यास ३ स्थित तरकारिलाईनमा रहेको एक जिरा मसला पसल र व्यास ३ निमचोक स्थित सावित्री भट्टराईको घरमा समेत चोरि गरेका छन । राम बहादुर विकले जिरा मसला पसलबाट प्राप्त मध्ये २ हजार र भट्टराईको घरबाट १ हजार लिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सावित्री भट्टराईको घरबाट सुन र नगद चोरि भएको हो । चोरिमा संलग्न राम बहादुर विकका दाजु सोम बहादुर विक फरार रहेको र खोजि भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

५४० थान लागु औषध बरामद

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले ५४० थान लागु औषध बरामद गरेको छ । प्रहरीले गत पुष २७ गते शुक्रबार व्यास नगरपालिका वडा नम्बर ३ ट्राफिक चोक स्थित सार्वजनिक यात्रु प्रतिक्षालयमा उक्त लागु औषध बरामद गरेको हो ।

शंकास्पद रुपमा झोला फेरी परि खानतलासि गर्दा झोलाबाट डाईजेपाम १८० थान, फेनारागन १८० थान र नुफिन १८० थान गरि जम्मा ५४० थान लागु औषध फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

तर फेला परेको उक्त लागु औषध को-कसले लिई आएको पत्ता लागेको छैन । सो बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ