पोखरा,१ माघ । सात महिनाअघि जेठ तेश्रो साता पोखराको सराङकोटमा शंकास्पद अवस्थामा एक महिलाको शव भेटियो । जेठ २३ गते सराङकोटको देउराली घुम्ती नजिक जंगलमा उनको शव भेटिएको थियो ।
उतिबेला प्रहरीले समेत कुनै पहिचान निकाल्न सकेन । हत्याको लामो समयपछि ति महिलाको हत्यारा र पहिचान खुलेको छ । त्यतिबेला भेटिएको शव भारतीय नागरिक राखी भनिने राजेश्वरी श्रीवास्तवको रहेको प्रहरीले जनाएको छ ।
उनको हत्या भएको भन्दै प्रहरीले तीनजनालाई भारतबाटै पक्राउ गरेको भारतीय मिडियाहरुले लेखेका छन् । गोरखपुर स्थित आर्यन अस्पतालका साहु डा. डिपि सिंह र उनकै अस्पतालमा काम गर्ने प्रमोद कुमार सिंह र देश दीपक निषादलाई पक्राउ गरिएको उत्तर प्रदेशका एसटीएफ प्रमुख अमिताभ यशले जानकारी दिए ।
कसरी भयो घटना ?
गोरखपुर स्थित आर्यन अस्पतालका मालिक डा. डीपी सिंहको सम्बन्ध मृतक श्रीवास्तवसँग सन् २००६ देखि थियो । राखीका बाबु हरेराम श्रीवास्तव उनै डाक्टरका अस्पतालमा काम गर्थे । जसका कारण राखी अस्पतालमा आउजाउ गर्थिन् । लगाताल अस्पतालमा आउजाउ गर्दा राखीको चिनजान डाक्टरसँग भयो । लामो सम्बन्धपछि २०११ फेव्रुअरीमा दुईजनाले विहे गरे ।
तर डाक्टर त्यो भन्दा पहिले नै घरवार भैसकेका ब्यक्ति थिए । उनकी पहिलो श्रीमति उषा आर सिंहलाई दोश्रो विहेको बारेमा कुनै जानकारी थिएन । डाक्टरकी एक छोरीको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । त्यसभन्दा पहिले एउटा अर्को घटना भएको थियो भारतमै, निर्भया काण्ड । त्यतिबेला पनि सिंहले तिनै डाक्टरलाई बलात्कार र अपहरणको मुद्धा दायर गरेकी थिईन् । यो मुद्धा अहिलेपनि विचाराधीन छ ।
राखीलाई डाक्टरले गोरखपुरमा घर किनिदिएका थिए । यो घटना यत्तिकै थियो । राखी र डाक्टरबीच सम्बन्ध चलिरहेकै थियो । तर राखीले २०१८ मा अर्कै केटासँग विहे गरिन् । भारतकै मनिष कुमार श्रीवास्तवसँग उनको विहे भयो । विहे भैसकेपछि पनि राखी र डाक्टरबीचको सम्बन्ध जारी थियो ।
राखी जहिले पनि डाक्टरलाई ब्ल्याक मेल गर्थिन् र पैसा असुल्थिन् । धेरै तनावमा भएपछि डाक्टरले राखीलाई मारिदिने योजना बनाउन थाले । २०१८ जुन ४ को दिन थियो । डाक्टर आफ्नै अस्पतालमा काम गर्ने देश दीपक निषाद र प्रमोद कुमार सिंह सँग स्कार्पियो चढेर नेपाल आए ।
नेपाल छिरेपछि बाटोमा राखी झोला लिएर उभिएकी थिईन् । डाक्टर र राखीको बातचित पनि नेपालकै नम्बरबाट भएको थियो । राखी त्यहाँबाट स्कार्पियो चढेर डाक्टरसँगै हिडिन् । त्यसपछि पाल्पा नजिक आईपुगेर उनीहरुले खाजा खाए । त्यो रात त्यहीँ सुते उनीहरु । दुईवटा कोठामध्ये एउटामा डाक्टर र राखी तथा अर्को कोठामा अरु दुईजना सुते ।
भोलिपल्ट विहान ११ बजेतिर उनीहरु पोखराका लागि हिडे । दिउँसो ४ बजेतिर पोखरा आईपुगेर उनीहरु डेभिड फल्स घुमे । त्यसपछि उनीहरु सराङकोट गए । होटलमा राखीले चिया पिईन् भने डाक्टर र अरुले रक्सी पिए । राखीको चियामा डाक्टरले एलप्रेक्स (लठ्याउने औषधी) मिलाईदिए ।
त्यसपछि राती ११ बजेतिर राखीको अवस्था जटिल बन्दै गयो । त्यसपछि राखीलाई लिएर उनीहरु पोखरा झर्न लागे । राखीको हत्या गाडीमै भैसकेको थियो । त्यसपछि गाडीबाट राखीलाई निकालेर फालिदिए र फोन पनि नालिमा फ्याँकिदिए ।
घटनापछि डाक्टरको टोली गोरखपुर फर्किए । २०१८ जुन ६ मा उनीहरु गोरखपुर पुगे । हत्यामा सहयोग गरेको भन्दै डाक्टरले प्रमोद र देश दीपकको तलव प्रतिमहिना ५ हजार रुपैयाँ बढाईदिए । मोवाईल फालेपनि राखीको सीमकार्ड उनीहरुले निकालेर लगेका थिए । सेप्टेम्बरतिर सोही सीमकार्ड अर्को मोवाईलमा हालेर उनीहरुले त्यो मोवाईल गुवाहाटीमा अन गरेर छोडिदिए ।
मोवाईल लिएर प्रमोद र देश दीपक नै गुवाहाटी गएका थिए । त्यो मोवाईल छोड्नका लागि पनि डाक्टरले उनीहरुलाई ५० हजार रुपैयाँ दिएका थिए । राखी हराएपछि उनका पछिल्ला श्रीमान्ले खोजीका लागि प्रहरीकोमा निवेदन दिए । मोवाईल र घटना बिवरण हेरेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
-डिएनए नेपालबाट
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम