बन्दिपुरको पर्यटन प्रवर्द्धन गर्न खुल्ला म्याराथन हुने, प्रथम पुरस्कार ४० हजार

बन्दिपुरको पर्यटन प्रवर्द्धन गर्न खुल्ला म्याराथन हुने, प्रथम पुरस्कार ४० हजार

bandipur pic

तनहुँ । तनहुँको बन्दिपुर लाई चिनाउन बन्दिपुर गाउँपालिकाले आगामी माघ १ गते मिनि म्याराथन आयोजना गर्ने भएको छ ।

डुम्रे देखि बन्दिपुर सम्म ८ किलोमिटरको दुरिमा हुने म्याराथनले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने विश्वास लिएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।

उक्त म्याराथनमा प्रथम हुने लाई ४० हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १० हजार र सन्त्वना ५ हजार पुरस्कार राशी रहेको बन्दिपुर गाउँपालिकाका प्रवक्ता भानुभक्त पोख्रेलले जानकारी दिए ।

डुम्रे बजारबाट सुरु हुने म्याराथन बन्दिपुर बजारमा पुगेर सकिनेछ । म्याराथनले पहाडकी रानिको उपमा पाएको बन्दिपुरमा अझै आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि हुने लक्ष्य रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ