पूर्व राजालाई दमौलीमा स्वागत, ‘गाऊँघरमा हल्ला छ, राजा ल्याउने सल्लाह छ’ नारा घन्कियो (फोटो फिचर)

पूर्व राजालाई दमौलीमा स्वागत, ‘गाऊँघरमा हल्ला छ, राजा ल्याउने सल्लाह छ’ नारा घन्कियो (फोटो फिचर)

purba raja 2

तनहुँ । पूर्व राजा ज्ञानेन्द्र शाहलाई बुधवार तनहुँको दमौली बजारमा भव्य स्वागत गरिएको छ । सडक मार्ग हुदै पोखराबाट काठमाडौँ जाने क्रममा पुर्व राजा शाहलाई सयौँ राजवादी समर्थकहरुले फुलमाला तथा खादाले स्वागत गरेका हुन् ।

पुर्व राजा ज्ञानेन्द्र शाह तथा पुर्व रानी कोमल शाह केही दिन अघि निजी भ्रमणका लागि पोखरा आएका थिए । केही दिनको पारिवारिक भ्रमण सकि काठमाडौँ फर्कने क्रममा राजाको स्वागतका लागी सडकमा भेला भएका राजावादी समर्थकहरुले राजाका पक्षमा नाराबाजी समेत गरेका थिए ।

उनका समर्थकहरुले “राजा कस्को जनताको जनता कस्को राजाको”, “गाउँ घरमा हल्ला छ, राजा ल्याउने सल्लाह छ” लगाएतका नारा लगाएका थिए । उनि दमौलीको ट्राफिक चोकबाट भोर्लेटार चोक सम्म पृथ्वी राजमार्गमा हिडेर आफ्ना शुभचिन्तक र समर्थकहरु संग हिडेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ