पोखरामा अस्पताल अगाडि महिलाले आफैलाई आगो लगाइन्

पोखरामा अस्पताल अगाडि महिलाले आफैलाई आगो लगाइन्

2

पोखरा, १६ पुस । पोखरामा एक महिलाले अस्पतालअगाडि आफैंलाई आगो लगाएकी छिन् ।

पोखरा पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पताल अगाडि मट्टिटेल खन्याएर आगो लगाएर जल्ने प्रयास गरेकी हुन् । आफैंलाई आगो लगाएर महिला बाटोमा लडिबुडी खेलेपछि प्रत्यक्षदर्शीले आगो निभाएका थिए ।

उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उनको फोटो खिचेका प्रत्यक्षदर्शी सुरज गुरुङका अनुसार उनी भारतीय महिला हुन् । उनले आफैंलाई किन जलाइन् भन्ने खुलिसकेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds