पोख्रेली गायक ईश्वर श्रेष्ठ (इशु) को पोल्यान्डमा रहस्यमय मृत्यु, यस्तो छ उनको गीत (भिडियो)

पोख्रेली गायक ईश्वर श्रेष्ठ (इशु) को पोल्यान्डमा रहस्यमय मृत्यु, यस्तो छ उनको गीत (भिडियो)

ishwar-shrestha

पोखरा, १६ पुस । पोख्रेली गायक ईश्वर श्रेष्ठ (इशु) को पोल्यान्डमा रहस्यमय मृत्यु भएको छ । बिगत ४ बर्ष देखि पोल्यान्डको वार्सवामा एभरेस्ट लञ्च रेस्टुरेन्ट सञ्चालन गर्दै आएका श्रेष्ठको रहस्यमय मृत्यु भएको हो । चार दिन पछि उनको शव भेटिएको हो ।

साथीहरुसगँ क्रिसमस मनाउन निस्किने बेला म पछि आउछु भन्दै कोठामा बसेका थिए । तर उनी त्यस पछि सम्पर्क विहीन  बनेका थिए । चार दिन पछि पोल्यान्डका अखबारमा एसियन नागरिकको मृत्युु भन्ने खबर छापिए पछि नेपालीहरुले ईश्वर श्रेष्ठ भएको पुष्टि गरेका थिए ।

मृत्यु बारेमा नेपाली राजदुतावास जर्मनमा औपचारिक जानकारी दिएको र सम्बन्धित निकायमा खबर पठाएको एनआरएन पोल्यान्ड सस्थापक अध्यक्ष डा बोधराज सुबेदीले जानकारी दिएको भन्दै पोल्याण्डमा रहेका नेपाली भाषाका अनलाइनहरुले खबर लेखेका छन् ।

ईश्वर गायक हुन् । उनी थरेड आइ व्याण्डका भोकलिस्ट हुन् । पोखरा रहेदा उनले पोखराका विभिन्न रेष्टुरेन्टमा गित गाउने गरेका थिए । उनका झिलिमिलि पोखरा, नेपाल बन्द छ ल गायतका गीत छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ