सोनाम ल्होछारको अवसरमा लमजुङमा एकल तामाङ फुटबल प्रतियोगिता हुने

सोनाम ल्होछारको अवसरमा लमजुङमा एकल तामाङ फुटबल प्रतियोगिता हुने

s ff

श्यामशितल परियार, लमजुङ । लमजुङमा स्व. प्रिंतीमान तामाङ स्मृति दोश्रो एकल तामाङ फुटबल प्रतियोगिता हुने भएको छ । तामाङ समुदायको मुख्य चाड मानिने सोनाम ल्होछारको अवसरमा यस फुटबल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

नेपाल तामाङ सँस्कृति घेदुङ लमजुङको आयोजनामा आउँदो माघ १२ देखी १५ गतेसम्म लमजुङको सुन्दरबजार नगरपालिका–९, भोटेओडारमा रहेको डिडिसी ग्राउण्डमा प्रतियोगिता सञ्चालन हुने भएको हो ।

प्रतियोगितामा लमजुङभित्र रहेका विभिन्न तामाङ ईकाईहरुले सहभागिता जनाउन पाउनेछन् । स्वर्गीय प्रितीमान तामाङले आफ्नो जीवनकालमा साविक प्रदेश नं ४ को नेपाल तामाङ सँस्कृति घेदुङको संयोजक भई तामाङ समुदायको मौलिक सँस्कृति परम्परा जगेर्नामा उल्लेखनीय योगदान पुर्याएको भन्दै उहाँको सम्झनामा दोश्रो पटक फुटबल प्रतियोगिता सञ्चालन गर्न लागिएको नेपाल तामाङ सँस्कृति घेदुङ लमजुङकी सचिव सम्झना तामाङले जानकारी दिइन ।

उनका अनुसार प्रतियोगितामा विजेता फुटवल समूहले ट्रफी, प्रमाणपत्रको साथमा नगद २० हजार रुपैयाँ पाउने छ । यसैगरी, उपविजेता फुटबल समूहले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा नगद १२ हजार रुपैयाँ पाउनेछ ।

प्रतियोगिता सञ्चालनका लागि विभिन्न सघसघंस्था सहयोग मागिएको छ । देश–विदेशमा रहेका तामाङ समुदायका व्यक्तिले पनि प्रतियोगिता सञ्चालनमा सहयोग पुर्याउने सचिव तामाङले बताइन । नेपाल तामाङ सँस्कृति घेदुङ लमजुङले सोनाम ल्होछार भने माघ २२ गते मनाउने भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ