जापानमा एक युवाको आकस्मिक निधन भएको छ। केही महिनाअघि मात्र पर्यटक भिसामा जापान गएका धनकुटा शहीदभूमि ३ छिन्ताङका २३ वर्षीय युवराज राईको सुतेकै अवस्थामा निधन भएको हो।
उनको मृत्यु के कारणले भएको हो भन्ने यकिन नभएको परिवारजनले बताएका छन्। पारिवारिक स्रोतका अनुसार राईको जापानको ईबाराकी प्रान्तको ईनाशिकीमा सामान्य अवस्थामा साँझको खाना खाएर सुतेकै अवस्थामा गएको आइतबार आकस्मिक निधन भएको हो।
किरात राई यायोक्खा जापानका सल्लाहकार सञ्जिव राईले बेलुका खाना खाएर साथीहरूसँग फोनमा कुरा गरेर सामान्य अवस्थामा सुतेको राईको बिहान मुत्यु भएको जानकारी दिएको छिन्ताङका स्थानीय विनोद विष्टले जानकारी दिए। मृतकको राईको शव जापान एक अस्पतालमा पोष्टमार्टम गरिएको र नेपाल ल्याउने तयारी भइरहेको विष्टले जानकारी दिए।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते