मनाङमा धर्म परिवर्तन गर्नेको संख्या बढदै, जिल्लामा ६ वटा मण्डली

मनाङमा धर्म परिवर्तन गर्नेको संख्या बढदै, जिल्लामा ६ वटा मण्डली

m k1

नेगम परियार, मनाङ । बिश्वभरी नै क्रिसमस भब्यताका साथ मनाईरहदा हिमाली जिल्ला मनाङमा पनि क्रिस्चियन धर्माल्बीहरुले आइतबार भब्यताका साथ क्रिसमस मनाएका छन ।

मनाङ जिल्लामा पहिला खासै क्रिस्चियन धर्म मान्ने ब्यक्तिहरु थिएनन तर आज भोली क्रिस्चियन धर्म मान्ने ब्यक्तिहरुको संख्यामा बृद्धि भएको भन्नुहुन्छ मनाङ जिल्लाको कोतो गाउँका मण्डलीका पास्टर हर्क गुरुङ ।

हर्सउल्लासका साथ जिल्लाका बिभिन्न स्थानमा रहेको मण्डली अर्थात चर्चहरुमा गई बिभिन्न परिकार बनाई खाने, गाउँने पाठ पढने र एक अर्कामा शुभकामना आदान प्रदान गर्दै क्रिसमस मनाईएको चामेका स्थानीय बासी धनमान बि.कले बताए ।
हाल मनाङ जिल्लामा ६ वटा मण्डलीहरु रहेको र मनाङमा स्थानिय नागरिकता, घर जग्गा भएका क्रिस्चियन धर्माल्बी एक सय जना भन्दा बढी र अस्थाई बसोबास गर्दै आएकाहरुको यस धर्म मान्नेहरुको दुई सय पचास भन्दा बढी रहेको छ । जिल्ला भरीको संख्या करिब चार सय जना रहेको पास्टर हर्क गुरुङले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ