‘पोखरेली आमा’ उत्तराकुमारी पालिखेको ८९ वर्षमा निधन

‘पोखरेली आमा’ उत्तराकुमारी पालिखेको ८९ वर्षमा निधन

Uttarakumari

पोखरा । ‘पोखरेली आमा’ भनेर चिनिने उत्तराकुमारी पालिखेको ८९ वर्षको उमेरमा निधन भएको छ । सोमबार दिउँसो २ः३५ बजे निधन भएको परिवारजनले बताएका छन् ।

प्रजातन्त्र सेनानि स्वर्गीय दयाशंकर पालिखेकी धर्मपत्नी पालिखेका तीन छोरा र एक छोरी छन् । छोराहरु विनोद शंकर, विश्व शंकर र बिकासशंकर पालिखे हुन् । छोरी बिद्या राजभण्डारी हुन् । जेठो छोरा गणेशमा पालिखेको भने पहिल्यै निधन भइसकेको छ । पोखराको शिक्षा क्षेत्रका नक्षेत्र उनको २०६२ जेठ २९ गते तत्कालिन सशस्त्र माओवादीबाट हत्या भएको थियो ।

सञ्चार क्षेत्रमा छोरा विश्वशंकर पालिखे रेडियो अन्नपूर्णका अध्यक्ष एवं बुहारी सुनयना पालिखे प्रबन्ध निर्देशक छन् । विश्वशंकर पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पनि हुन् ।

मंगलबार बिहान ९ बजे तुलसीघाटमा दाह संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds