पोखरा हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १८ बर्षिय आशिषको मृत्यु, प्रविण घाइते

पोखरा हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १८ बर्षिय आशिषको मृत्यु, प्रविण घाइते

Accident-3-1

प्रतिकात्मक तस्बिर

पोखरा २५ हेम्जा मिलनचोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक युवक घाइते भएका छन् । आइतबार भएको दुर्घटनामा मोटरसाइकल चालक पोखरा–२५ हेम्जाका १८ बर्षिय आशिष कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्काभेटरसँग मोटरसाईकल ठक्कर खाँदा गम्भिर घाइते भएका कुँवरलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परि घाइते भएका मोटरसाइकलमा सवार १९ बर्षिय प्रविण पुनको फिस्टेल अस्पताल पोखरामा उपचार भइरहेको छ । पोखरातर्फ आउँदै गरेको ग १४ प ८१५१ नम्बरको मोटरसाइकल सडकको छेउमा रोकी राखेको ना १ ख ७१६४ नम्बरको स्काभेटरमा ठक्कर खाँदा दुर्घटना भएको हो । प्रहरीले घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ