पोखराबाट दिल्ली गएको बस आग्रामा दुर्घटना हुँदा चालक गोरखाका ठकुरीको मृत्यु, ८ नेपाली घाइते

पोखराबाट दिल्ली गएको बस आग्रामा दुर्घटना हुँदा चालक गोरखाका ठकुरीको मृत्यु, ८ नेपाली घाइते

delhi acc (1)

पोखराबाट दिल्लीका लागि प्रस्थान गरेको नेपाल-भारत मैत्री बस शनिबार बिहान दुर्घटना हुँदा बस चालक गोपालबहादुर ठकुरीको घटनास्थलमै मृत्यु भएको छ। कम्तीमा ८ जना नेपाली यात्रु घाइते भएका छन्।

दुर्घटना भारतको उत्तर प्रदेशको आग्रा जिल्लाको यमुना एक्प्रेस वेमा भएको हो। स्थानीय प्रहरीका अनुसार विपरीत दिशाबाट तीव्र गतिमा आएको ट्रकले बसलाई ठक्कर दिँदा दुर्घटना भएको हो। चालक ठकुरीको घटनास्थलमा नै मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ। मृतक ठकुरीको स्थानीय ठेगाना गोर्खाको पालुङटार हो। प्रहरीका अनुसार ट्रक आफ्नो बाटो छोड़ेर गलत बाटोमा थियो। यो घटना शनिवार बिहान करिब साढे ६ बजे भएको हो।

बिहान बाक्लो कुइरो लागेकै कारण बसका चालकले विपरित दिशाबाट आफूतिर सोझै आइरहेको ट्रकलाई नदेखेको हुनसक्ने अनुमान गरिएको छ। ठक्कर दिने ट्रकका चालक घटनापछि भागेका छन्। ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। घाइतेहरूलाई उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि भर्ती गरिएको छ।

घाइते हुनेहरूको टाउको, आँखा र शरीरका अन्य अङ्गहरूमा चोट लागेको बसका एक जना यात्रु विष्णु जङ्गबहादुरले जानकारी दिए। उनी पनि घाइते छन्। ‘जतिबेला दुर्घटना भयो, त्यतिबेला हामी सुतिरहेका थियौं’, उनले भने, ‘ठूलो आवाजसहित हामी चढ़ेको बसलाई ट्रकले ठक्कर दिँदा मात्र निद्रा भङ्ग भयो।’

विष्णुकाअनुसार बसभित्रका प्रायः सबै यात्रु घाइते बनेका छन्। पोखरा निवासी नेपाल-भारत मैत्री बस सेवामा चढ़ेर दिल्ली गइरहेका थिए। उनको निधार र आँखा नजिक चोट लागेको छ।

श्रोतः शैलेन्द्र समदर्शी, नेपालखबर

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds