सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको बस दुर्घटना : मृत्यु हुनेको संख्या १६ पुग्यो

सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको बस दुर्घटना : मृत्यु हुनेको संख्या १६ पुग्यो

accident pic symbol

photo accident symbol

दाङ । सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको बस दुर्घटना हुँदा दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

घटनास्थलमा उद्वारका लागि पुगेका ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डिएसपी प्रेम शाहीका अनुसार ३ जना महिला र १३ जना पुरुषसहित १६ जना मृतकको शव फेला परेको जानकारी दिए ।

५ जना पुरुष र १ जना महिलासहित ६ जनाको जिवितै उद्वार गरिएको उनले बताए । उनले उक्त बसमा ३० देखि ३५ जना सम्म चढेको अनुमान गरिएको जानकारी दिए । मृतक र घाईतेको नाम विवरण भने खुल्न नसकेको उनले बताए ।

तुलसीपुर उप-महानगरपालिका ३ राम्री भन्ने ठाउँमा बा ४ ख ९७६६ नम्बरको बस सडकबाट ६/७ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा प्रहरी पुगेर उद्दार सुरु गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेम शाही नेतृत्वको १९ जनाको टोली र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजनकुमार गौतमको कमाण्डमा १७ जनाको प्रहरी टोली खटिएको छ ।

दुर्घटनास्थल तुलसीपुरबाट १३ किलोमिटर उत्तरमा पर्छ । प्रहरीले चार जना घाइतेलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल ल्याएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ