कांग्रेस तनहुँको नेतृत्व ईतिहासकै असक्षम र कमजोर भएको गोविन्दराज जोशीको आरोप: माघ ८ गते दमौलीमा जिल्ला अधिवेशन गर्ने

कांग्रेस तनहुँको नेतृत्व ईतिहासकै असक्षम र कमजोर भएको गोविन्दराज जोशीको आरोप: माघ ८ गते दमौलीमा जिल्ला अधिवेशन गर्ने

Govinda Raj Joshi

तनहुँ । नेपाली कांग्रेस तनहुँको नेतृत्व ईतिहासकै असक्षम र कमजोर भएको आरोप लगाउदै सो पार्टीका पुर्व सहमहामन्त्री गोविन्दराज जोशीको समुहले आगामी माघ ८ गते दमौलीमा जिल्ला अधिवेशन गर्ने विहिबार पत्रकार सम्मेलन गरि जानकारी दिए ।

जोशीले काँग्रेसको संगठन कमजोर हुँदै गएको, सदस्यता वितरण गर्नुको साटो लुकाएर राखेकाले जिल्लाको काँग्रेस नेतृत्व असक्षम ठहर गर्दै नेपाली काँग्रेस तनहँुको विशेष अधिवेशन आगामी माघ ८ गते गर्ने घोषणासमेत गरे ।

कार्यक्रममा विशेष अधिबेसन सम्पन्न गर्न विभिन्न चारवटा समिति गठन गरेको जानकारी दिइएको छ । भेलाले विशेष अधिवेशन तयारी समितिको संयोजकमा डिल्लीराम अधिकारीलाई चयन गरेको छ भने सहसंयोजकमा ऋषिराम पोखरेल, सचिव परशुराम गिरी र कोषाध्यक्ष चिनु पोखरेल छन् ।

कार्यक्रममा जोशीले तनहुँमा १७ सालपछि काँग्रेसको संगठन आफुले सुरु गरेको भन्दै अव पनि आफैले हाक्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ