तनहुँ: भानुको दोरदोरमा परपुरुषसँगको सम्पर्कबाट जन्मिएको आफ्नै नवजात शिशुको हत्या गर्ने महिला पक्राउ: श्रीमान चार वर्षदेखि कतारमा

तनहुँ: भानुको दोरदोरमा परपुरुषसँगको सम्पर्कबाट जन्मिएको आफ्नै नवजात शिशुको हत्या गर्ने महिला पक्राउ: श्रीमान चार वर्षदेखि कतारमा

baby

तनहुँ । अवैध सम्बन्धबाट जन्मिएको नवजात शिशुको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँले एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले भानु नगरपालिका वडा नं. ३ दोरदोर बस्ने ३७ वर्षीय लक्ष्मी गन्धर्वलाई पक्राउ गरेको हो ।

दोरदोरको चण्डीथोक स्थित झाडी भएको पाखो बारीमा महिलाले लगाउने सुरुवालले घाँटीमा कसेर बेरेको अवस्थामा नवजात शिशुको शव भेटिएको थियो । उक्त घटनापश्चात प्रहरी चौकी तुरतुरेले घटनास्थलको अनुसन्धान, लाशजाँच मुचुल्का गरी अनुसन्धान गर्दै जाँदा उक्त घटनामा संलग्न भएको आरोपमा ती महिलालाई नियन्त्रणमा लिएको थियो ।

प्रहरी नियन्त्रणमा रहेकी ती महिलाले आफुले जन्म दिएको नवजात शिशुलाई सोही दिन आफैले मारेर फालेको स्वीकारेको प्रहरी उपरीक्षक शिद्धी बिक्रम शाहले जानकारी गराएका छन् ।

श्रीमान विगत चार वर्षदेखि वैदेशिक रोजगारको शिलसिलामा कतारमा रहेका र परपुरुषसंगको सम्पर्कमा उक्त बच्चा जन्मिएको र अवैध सम्बन्ध लुकाउन शिशुको हत्या गरिएको प्रारम्भिक अनुशन्धानबाट खुलेको प्रहरीले जनाएको छ । अवैध सम्वन्ध कायम गर्ने पुरुषको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ