‘चौथो मिस तामाङ पोखरा’ माघ १९ गते, तयारी तीब्र

‘चौथो मिस तामाङ पोखरा’ माघ १९ गते, तयारी तीब्र

Miss Tamang Pokhara

पोखरा । मिस तामाङ पोखराको चौथो संस्करण आगामी माघ १९ गते हुने भएको छ । बैदाम तामाङ सेवा समाज कास्कीको आयोजनामा हुने मिस तामाङ पोखरामा तामाङ समुदायका नारीहरुको अन्तरनिहित प्रतिभा, बौद्धिक क्षमता तथा व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको हो । सोहि कार्यक्रममा लेकसाइडमा निर्माणधिन रिन्छिङ तोर्जेत तामाङ शान्ति गुम्बा सहयोगार्थ म्युजिकल फेष्टिभल आयोजना गर्ने भएको छ ।

कार्यक्रम संयोजक तथा बैदाम तामाङ सेवा समाजका कोषाध्यक्ष जयन्ती मोक्तानका अनुसार अहिले प्रतियोगीहरुलाई विभिन्न प्रशिक्षण दिने काम सुरु भएको छ । मंसिर २९ गते एक समारोहका बीच प्रतियोगीहरुलाई तालिम शुभारम्भ कार्यक्रम भएको हो ।

प्रमुख अतिथि चलचित्र निर्माता तथा लेखक, पाइलट तथा कलाकार विजय लामाका पिता हेमबहादुर लामाको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको हो । महासचिव डोल्मा लामाका अनुसार पहिलो नेपाल आईडल बुद्ध लामाले बिशेष प्रस्तुति दिनेछन् । अहिले तयारी तीब्र रुपमा अघि बढिरहेको अध्यक्ष ज्याक तामाङले बताए ।

सन् २०१६ देखि शुरु भएको मिस तामाङ पोखरामा पहिलो संस्करणमा निमा लामा, दोस्रो संस्करण २०१७ मा दिप्ती गोम्जा र तेस्रो संस्करण २०१८ मा कविता योञ्जनले ताज पहिरिन सफल भईन् ।

मिस तामाङ पोखरा २०१९ की बिजेतालाई ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँको साथमा म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गरिने आयोजकले जनाएको छ ।

फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हजार प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनर अपले फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद २० हजार रुपैयाँ हात पार्नेछन् । भिउर च्वाइस रुपमा एकजना प्रतिस्पर्धीलाई नगद १५ हजारले पुरस्कृत समेत गरिने संयोजक मोक्तानले बताईन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ