पोखरामा भाइरल बनेका चोरहरु समातिए, आफ्नो भिडियो आफै हेरे (भिडियो सहित)

पोखरामा भाइरल बनेका चोरहरु समातिए, आफ्नो भिडियो आफै हेरे (भिडियो सहित)

Chor

पोखरा । पोखरामा एकपछि अर्को चोरी गर्ने दुई चोरहरु गण्डकी टेलिभिजनबाट प्रशारण हुने गण्डकी छड्के कार्यक्रमबाट भाइरल बन्न पुगे । एउटा चोर दिदीको पसलबाट ल्यापटप चोरेर भाइको पसलमा बेच्न पुगेका थिए भने अर्को चोर सुनपसलमा सिसी टिभी क्यामेरादेखि सजग भएपनि आफ्नो अनुहार लुकाउन सकेका थिएनन् । यी दुई चोरहरु अपिल त्रिपाठीले सञ्चालन गरेको युट्युब च्यानल फलानो न्यूजमार्फत भाइरल बन्न पुगे । अन्ततः उनीहरु कास्की प्रहरीको फन्दामा परेका छन् ।

काठमाण्डौ घर बताउने अशोक थापाले मोबाइल पसलमा रिसेप्सनमा राखिएको ल्यापटप र ६ वटा मोबाइल चोरेका थिए । उनले आफूले लागूपद्धार्थ सेवन गरेका कारण सिसि टिभि क्यामेराबारे थाहा भएपनि यसबारे सोच्न नसकेको बताए ।

यस्तै, पोखराका विभिन्न सुनचाँदी पसल, किराना पसल तथा मोबाइल पसलहरुको चोरीमा संलग्न कपिलबस्तु घर भइ हाल पोखरा १० शान्तिपथ बस्ने २२ वर्षका दिपिन भन्ने ईन्द्र बहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चोरीका घटनाहरु बढेपछि प्रहरीले टोली नै खटाएर खोजतलास गरिरहेको थियो । चोरी अनुसन्धान तथा नियन्त्रण गर्न विषेश प्रहरी टोली गठन गरी सुरक्षा स्थितिलाई मध्यनजर राख्दै व्यापक रुपमा एम्बुसिङ, प्रहरी परिचालन गरी चोरी गर्ने व्यक्तिको निगरानी गर्ने र विभिन्न चोरी भएका पसलहरुमा रहेका सिसी क्यामेरा फुटेजहरु हेरी संकित व्यक्तिको खोज तलास गर्ने क्रममा थापा पक्राउ परेको प्रहरीले जनाएको छ ।

पोखरा १२ हस्पिटल चोकस्थित सुनचाँदी पसलमा चोरी गर्दै गर्दाको अबस्थामा वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट प्रहरी निरीक्षक दीपक केसीको कमाण्डमा खटिएको प्रहरी टोलिले चोरीका सामानहरु सहित चोर पक्राउ गरेको हो । असई सन्तोष सुवेदी लगायतको टोली खटिएका थिए ।

हेर्नुहोस् भिडियोः

प्रहरीले ईन्द्र बहादुर थापाको साथबाट पक्राउ गरेका सामानहरुको लिष्ट यस्तो छ:

– चादीको कल्ली १ जोर,
– चादीको फोल्डीङ वाला १ जोर
– चादीको चुरा १ थान
– चादीको वाला १ थान
– चादीको सिक्री ३ थान
– चादीको पञ्चरत्ने वाला २ पीस
अनुसन्धान पछि खुलेको तथ्यहरु


 निजले मिति २०७५।०८।२१ गते पोखरा ११ रानिपौवा स्थितमा मोबाईल र सुनचादी
पसलमा चोरी गरेको ।
 मिति २०७५।०८।२४ गते बिहान पोखरा १५ घलेचोक स्थितमा दुई बटा सुनचादी
पसल, १ बटा किराना पसलमा चोरी गरेको
 निजले चोरी गरेको सामान आफ्नै कोठामा राखेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको
र निम्न बमोजिमको सामानहरु निजको कोठाबाट बरामद गरिएको
– चादीको औठी १ थान
– घडी १ थान,
– मोबाईल २ थान,
– सानो कैची १ थान,

– 16gb र 8gb को memory card १/१ थान ।
– ३४’ लामो फलामको रड १ थान ।

1) सुनको कटारी गेडी ९ पीस
2) सेतो चादीको बाला १ थान
3) चादीको पत्थरबाला औठी २ थान
4) चादीको गोलो पाउजु १ थान
5) चादीको ड्यासवाला पाउजु १ जोर

6) मोबाईल २ थान,
7) चोरी गर्न प्रयोग गर्ने फलामको हथौडा १ थान,
8) हरियो विड भएको screwdriver १ थान,
9) मोमोरीकार्ड २१पिस

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ