सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ को विजेता सिडी विजय अधिकारी भएका छन् । कतारको दोहामा भएको ‘दि भ्वाइस अफ नेपाल’को ग्राण्ड फिनालेमा तीन जनालाई पछि पार्दै उनी विजेता बनेका हुन् । उनी टिम दिप श्रेष्ठबाट हुन् । सिडी विजय ‘प्रथम बिग आइकन’ र ‘दोस्रो खोजी प्रतिभा’ मा उपविजेता बनेका थिए
नेपालमा पहिलो पटक भएको ‘दि भ्वाइस अफ नेपाल’को टाइटल उनले आफ्नो पोल्टामा पारेका हुन् । टाइटलसँगै उनले २५ लाख रुपैयाँ नगद, ब्रान्ड न्यु कार, २० लाख बराबरको एल्बम कन्ट्रयाक र विश्व भ्रमणको अवसर पाएका छन् ।
फिनालेमा सनुप पौडेलको टिमबाट सप्तक दुतराज, टिम दीप श्रेष्ठबाट सिडी विजय अधिकारी, टिम प्रमोद खरेलबाट श्रिजे थपलिया र टिम अभया सुब्बाबाट कुशल आचार्य फिनालेमा पुगेका थिए । ब्लाइण्ड अडिसनमा टीम प्रमोदबाट उनको यात्रा सुरु भएपनि ब्याटल राउण्डमा रोजाइमा नपरेपछि निर्णायक दीप श्रेष्ठले आफ्नो टीममा भित्राएका थिए । जसकारण, उनको यात्रा रोकिएन ।
सिडी विजय पहिल्यै स्थापित गायक हुन् । उनले जोखिम मोलेरै प्रतियोगितामा भाग लिएका थिए । अन्ततः उनी दर्शकका मायाका कारण पहिलो भ्वाइस अफ नेपालको उपाधि जित्न सफल भए ।
नेपालको पहिलो फ्रेञ्चाइज शो ‘नेपाल आइडल’ को पहिलो उपाधि पनि धादिंग घर भइ पोखरामा बस्दै आएका बुद्ध लामाले जितेका थिए । यसको दोस्रो संस्करणको फाइनलमा पोखराबाट विक्रम बराल छन् । पोखरेलीहरु विक्रमलाई उपाधि जिताएर पोखरा हार्न नजान्ने भन्दै सामाजिक सञ्जाल रंगाइरहेका छन् ।
सम्बन्धित खबर
शान्ति निकेतनमा ‘ईन्टरहाउस म्याथ क्वीज’, कञ्चनजंघा प्रथम
एमाले नेता अर्जुनलाई मातृशोक
नेपालमै पहिलो पटक पोखरामा इन्टरनेशनल बलुन फेस्टिभल हुने
कास्की जिल्ला शुटिङ संघको अध्यक्षमा राजु श्रेष्ठ
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
हिसान कास्की अध्यक्षमा हिल पोइन्टका दिवाकर, सचिवमा प्रतिभाका किरण
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग