नेगम परियार, मनाङ । जाडो बढेसंगै मनाङका पशुपालक कृषकहरु गोठ सार्न सुरु गरेका छन् । खर्कहरुमा राखिएको गाईबस्तुको गोठ जिल्लाको तल्लो टार तथा गोठमा सार्न थालिएको हो ।
हिमपात सुरु भएसंगै खर्कहरुमा बाक्लो हिउँ पर्ने र गाईबस्तु तथा गोठालाहरु जाडोमा बस्न नसकने साथै घास तथा चरन क्षेत्र पनि हिउले पुरिने भएकाले मनाङमा गोठ सारिने गरेको स्थानिय युवा कृषक तथा याक चौरी र बुच्चा पालन गर्दै आएका कर्म लामाले बताए ।
हिउँद मौषम र बर्खा मौसमको लागी छुट्टा छुटै दुई गोठ बनाउने चलन छ मनाङमा । बिशेष गरी गर्मी समयमा मनाङका माथिल्ला भागहरु तथा खर्कहरुमा पशुहरुको गोठ हुने गर्दछ भने हिउँदको समयमा जिल्लाका कम हिउँ पर्ने स्थानहरुमा गोठ बनाई पशुहरुलाई सार्ने प्रचलन छ । हिउँदको समयमा जिल्लाका तल्ला भागहरुमा सार्दा घासँको रुपमा फापरको नल, करुको नल र मकैको नल नै हिउँद समयको मुख्य घाँसको रुपमा प्रयोग हुने गर्दछ ।
अबको हिउँदको समय भरी खेत बारीमा कुनै पनि अन्न बाली नलगाईने भएकाले पनि पशुहरुलाई खेतवारीमै छाडा छोड्ने गरिन्छ । साथै गाई, गोरु, बाख्रा, भेडा, च्याङग्राहरुको लागी बिशेष तरिकाले जाडो बाट बचाउनको लागि गोठलाई त्रिपाल लगाई पुरै न्यानो पारिन्छ भने गोठ भित्र पनि सेन अर्थात सल्लाको पातको सोतर ओछ्याएर गोठको भित्र पनि न्यानो पारिन्छ ।
त्यस्तै ठुुला र धेरै पशुहरु जस्तै याक चौरी र बुच्चाहरुलाई भने सिमित जग्गामा पर्खाल वा सुरक्षित एरिया तोकि बार लागाई सोहि स्थान भित्र राखिने चलन रहेको लामाले बताए ।
बिशेष गरि हिउँदको समयमा घरपालुवा गाई बस्तुहरु मनाङ जिल्लाको तल्लो भागहरु दानाब्यू,बगरछाप,धारापानी,र ताल गाउँ लगाएतका गाउँहरुमा गाईबस्तुहरुको गोठ सारिन्छ । हिउँद भरी तल्लो भागमा राखिएको पशुचौपाएहरुलाई फागुनको अन्तीम तिर मात्र पुन खर्कहरुमा सारिने प्रचलन रहेको युवा कृषक तथा याक चौरी र बुच्चा पालन गर्दै आएका कर्म लामाले बताए ।
सम्बन्धित खबर
शान्ति निकेतनमा ‘ईन्टरहाउस म्याथ क्वीज’, कञ्चनजंघा प्रथम
एमाले नेता अर्जुनलाई मातृशोक
नेपालमै पहिलो पटक पोखरामा इन्टरनेशनल बलुन फेस्टिभल हुने
कास्की जिल्ला शुटिङ संघको अध्यक्षमा राजु श्रेष्ठ
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
हिसान कास्की अध्यक्षमा हिल पोइन्टका दिवाकर, सचिवमा प्रतिभाका किरण
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग