ईञ्जिनियरहरुलाई खुशीको खबर ! प्रदेश र महानगर करारमा नियुक्ति गर्ने तयारीमा

ईञ्जिनियरहरुलाई खुशीको खबर ! प्रदेश र महानगर करारमा नियुक्ति गर्ने तयारीमा

Gandaki Pokhara

पोखरा । लामो सयमसम्म प्राविधिक कर्मचारीको अभाव भएपछि गण्डकी प्रदेश र पोखरा महानगरपालिका करारमा कर्मचारी नियुक्ति गर्ने तयारीमा छन् ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्राविधिक कर्मचारीकै अभावमा प्रदेश सरकारले ल्याएको बजेट, नीति, तथा कार्यक्रम कार्यान्वयनमा असर पर्ने देखिएपछि करार नियुक्ति गर्ने तयारी गरेको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाका अनुसार मन्त्रालयलाई ३९ जना इन्जिनियर आवश्यक परेकामा अहिले २३ जना मात्र कार्यरत छन् ।

९२ जना सब इन्जिनियर आवश्यक भएकोमा ४८ जना मात्र कार्यरत रहेको उनले जानकारी दिए । प्राविधिक कर्मचारी करारमा नियुक्ति गर्न मन्त्री परिषद्मा फाइल पठाइएको जानकारी उनले दिए ।

उनका अनुसार निकट भविश्यमै सूचना जारी गरी प्राविधिक कर्मचारी करारमा नियुक्ति गर्ने प्रक्रिया बढाइने छ । करारमा कर्मचारी नियुक्ति गर्न निजामती ऐनले पनि नरोक्ने उनको भनाइ छ ।

पोखरा महानगरपालिकाले पनि एक वडा एक इन्जिनियर राख्ने तयारी गरेको छ । अहिले एक जना इन्जिनियरले २ वटा वडा हेरिरहेका छन् । जनतालाई सहज रुपमा सेवा दिनका लागि कर्मचारी व्यवस्थापन गर्दै लगिने पोखरा महानगरपालिका योजना महाशाखा प्रमुख शारदामोहन काफ्लेले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ