१२ वर्षमा गर्भवती बालिकाले पोखरामै साढे ३ किलोको छोरा जन्माइन् (भिडियो सहित)

१२ वर्षमा गर्भवती बालिकाले पोखरामै साढे ३ किलोको छोरा जन्माइन् (भिडियो सहित)

baby girl

गत महिना मकवानपुरकी १२ वर्षीया गर्भवती बालिका गंगामाया चेपाङबारे समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीले नै उनको स्वास्थ्य अवस्थाबारे चिन्ता जनाउँदै डेलिभरी गराउने सम्पूर्ण जिम्मा राज्यले लियो । उनको पेटमा रहेको बच्चा ३४ हप्ताको पुगिसकेको छ । बाल अबस्थामा उनी गर्भवती भएकोले उनको निगरानी गर्नुपर्ने र स्वास्थ्य थप परीक्षण गर्नुपर्ने भएकाले उनलाई काठमाण्डौ लगिएको छ । गंगा, राक्सिराङ–३ स्थित राष्ट्रिय प्राथमिक विद्यालयमा पढ्थिन् भने उनका पति कैलाश–७ मा पढ्थे । कक्षा–४ मा पढ्दै गरेकी गंगा चेपाङ र ३ कक्षामा पढ्दै गरेका उनका १८ वर्षीय पतिको बिहेपछि पढाइ छुट्यो । कमाउन भनेर पति काठमाण्डौ हिँडे ।

त्यो घटना लगत्तै पोखरामा पनि यही प्रकृतिको घटना सार्वजनिक भयो । पत्याउन पनि कठिन हुने यस्तो घटना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी हस्पिटल) मा भएको हो । उक्त हस्पिटलमा सोमबार १३ वर्षकी एक बालिकाले स्वस्थ शिशु जन्माएर आमा बनेकी छिन् । त्यो पनि सामान्य सुत्केरी । ति बालिकाले जन्माएको छोरो साढे ३ किलो रहेको छ ।

पहिले चिकित्कहरुले अपरेशन गर्नुपर्ने समेत हुनसक्छ भनेका थिए । तर उनले नर्मल डेलीभरीमै बच्चा जन्माईन् । बच्चा र ती किशोरीको अवस्था सामान्य रहेको अस्पतालको प्रसुति विभागले जनाएको छ ।

बालिकाको घर स्याङ्जा हो । पेटमा गर्भ रहेको जानकारी भएपछि बालिकाकी आमाले अस्पताल लगेको र अस्पतालले महिला बालबालिका सेवा केन्द्रमा पठाईदियो । त्यसपछि सेवा केन्द्र मार्फत ती बालिका पोखराको नयागाउँस्थित थ्रि एन्जल्स नेपालद्वारा सञ्चालित पुर्नस्थापना केन्द्रमा बस्न सुरु गरिन् । त्यहाँ उनी विगत ४ महिनादेखि बस्दै आएकी थिईन् ।

अझै रोचक पक्ष के छ भने ती बालिका १२ वर्षकै उमेरमा एक १९ वर्षीय यूवकको प्रेममा थिईन् । प्रेममै रहेका बखत दुबैजनाबीच सहमतिमै यौन सम्पर्क भएको श्रोतले बतायो । तर नेपालको कानूनअनुसार १८ वर्ष भन्दा कम उमेरका बालिकालाई सहमतिमै यौन सम्पर्क गरेपनि बलात्कार भएको ठहर्छ । कानुनानुसार ती बालिकालाई करणी गर्ने युवक भने अहिले स्याङ्जास्थित कारागारमा रहेका छन् ।

बच्चा जन्मनुअघि ‘मेरो साथी टिभी’ ले लिएको यो भिडियो हेर्नुहोस्:

मकवानपुरकी १२ वर्षीया गर्भवती बालिका गंगामाया चेपाङ

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds