गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी पुस मसान्त सम्ममा तीन वटै तहमा कर्मचारी समायोजन भइसक्ने वताएका छन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘कर्मचारी समायोजन सम्बन्धी अध्यादेश मन्त्रिपरिषदमा छलफल भएर परामर्शका लागि लोकसेवा आयोगमा पठाइएको छ, त्यो अध्यादेश पारित भएर ऐनका रुपमा आएपछि तीन वटै तहमा देखिएको कर्मचारी सम्बन्धी समस्या समाधान हुनेछ ।’
मन्त्री पण्डितले समायोजनमा कर्मचारीलाई प्रोत्साहन दिइएको उल्लेख गर्दै प्रदेश लोकसेवा ऐन नबनुञ्जेल सङ्घीय लोकसेवा आयोगले आवश्यक पदपूर्ति खुला गरी कर्मचारी खटाउने बताए ।
प्रदेशका मन्त्रालयमा अस्थायी रुपमा विज्ञताका आधारमा सचिव सरुवा गरिएको स्पष्ट पार्दै उनले कर्मचारी ऐन आएपछि निश्चित अवधि पूरा नभएसम्म सरुवा–बढुवा नहुने जानकारी दिए । एक प्रश्नको जवाफमा उनले सरकारले उपलब्ध गराएको बाहेक अन्य केही पनि सुविधा आफूले नलिएको बताए ।
सम्बन्धित खबर
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : गुणस्तरीय र समयमै काम गर्नू
स्वास्थ्य क्षेत्र गण्डकी सरकारको प्राथमिकता : स्वास्थ्यमन्त्री पाठक
‘मानिया’ इनर्जी ड्रिंक पिउँदा तामाङ्गले जिते ३२ इन्चको एलइडी टिभी
पोखरा -१५ मा तीज गीत प्रतियोगिता, माछापुच्छ्रे चौतारी आमा समूह पहिलो
स्वास्थ्यमन्त्री पाठकको पहिलो निर्णय : नसर्ने रोगको स्क्रिनिङ गर्ने
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग