यस्तो बन्ने भो पालिखेचोक । ‘पार्किङ’ हैन ‘पार्क’

यस्तो बन्ने भो पालिखेचोक । ‘पार्किङ’ हैन ‘पार्क’

45221859_282530655723032_3732549420307185664_n-e1543587785753

पोखरा । पोखराको पालिखेचोक फराकीलो बनाईएपछि त्यसलाई ब्यवस्थित गर्ने काम सुरु भएको छ । पोखरा महानगरले ३ महिनाअघि चोकका घरहरु भत्काउन थालेको थियो । जग्गा र घरधनीलाई मुआब्जा दिएर चोक फराकीलो पारेको महानगरले केही महिनाभित्रै ब्यवस्थित बनाउने गरी प्रक्रिया अघि बढाएको छ ।

हाल त्यस क्षेत्रमा गाडी पार्किङ गर्न थालेका छन् । यद्यपी चोकको डिजाईन तयार भएकोले केही महिनाभित्रै काम थाल्ने वडा नम्बर ४ का अध्यक्ष तथा अभियानका संयोजक शंकर बास्तोलाले जानकारी दिए ।

उनका अनुसार महानगरले चालू बर्षभित्रै काम सक्नेगरि ४१ लाख रुपैयाँ विनियोजन गरिसकेको छ ।

‘बजेट विनियोजन भैसक्यो । अव प्रक्रियामा लगेर काम थाल्छौं, उनले भने–प्राविधिक डिजाईन अनुसार नै गुणस्तरीय काम हुन्छ । हामी त्यसमा प्रतिबद्ध छौं ।’

साढे २ करोड रुपैयाँ भन्दा बढी मुआब्जामा मात्रै खर्च भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ