१६ वर्षीया किशाेरी मृत भेटिइन्

१६ वर्षीया किशाेरी मृत भेटिइन्

FB_IMG_1543642036148

टीकापुर : टीकापुर नगरपालिका-१ ब्लक १६ की १६ वर्षीया पूजा थापा शुक्रबार मृत अवस्थामा भेटिएकी छन्।उनको शव निर्माण भैरहेको एक घरको चौरमा घोप्टो परेको अवस्थामा भेटिएको हो।

उनी स्थानीय जनजागृती मावि सीतापुरमा कक्षा १२ मा अध्ययनरत थिइन। उनका बुबाआमा रोजगारीका क्रममा भारतमा छन्। उनी सानै उमेरदेखि मामा घरमा बस्दै आएको बताइएको छ।

निर्माणाधिन घरको कोठामा उनको ज्याकेट र जुत्ता फेला परेको प्रहरीले बताएको छ। सोही घरभित्र दुई ठाउँमा वान्ता गरेको, एक ठाउँमा दिसा गरेको पाइएको इलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी शिवबहादुर सिंहले जानकारी दिए।

डीएसपी सिंहले मृतकको ज्याकेटको खल्तीमा कालो पोलेथिनमा बेरेर राखेको अवस्थामा एकथान सल्फास जस्तै विषादी भेटिएको बताए। डीएसपी सिंहले पोष्टमार्टम पछि मात्रै घटनाबारे थाहा हुने बताए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ